नदिया, 07 मार्च (हि. स.)। सहकारी ब्याङ्कबाट 9 करोड़ रुपियाँ धाँधली भएको आरोपमा नदिया जिल्लान्तर्गत कृष्णा नगरबाट तृणमूलका पूर्व वरिष्ठ नेता शिवनाथ चौधरीलाई पुलिसले पक्राउ गरेको छ।
सूत्र अनुसार, शुक्रवार कलकत्ता उच्च न्यायालयको आदेशमा पुलिसले उनलाई पक्राउ गऱ्यो। भनिन्छ, शिवनाथ कृष्णा नगर सेन्ट्रल को-अपरेटिभ ब्याङ्कका उपाध्यक्ष छँदा धेरैजना ग्राहकहरूले सिकायत गरेका थिए कि उनीहरूलाई आफ्नो जमा पूँजी प्राप्त भएन। तिनीमाथि लगभग 9 करोड़ रुपियाँ धाँधली गरेको आरोप लागेको थियो। यस घटनामा ग्राहकहरूले शिवनाथ सहित ब्यांकका अन्य अधिकारीहरूविरूद्ध थानामा सिकायत दर्ता गरेका छन्। पुलिसले घटनाको जाँच गरेपछि शुक्रवार शिवनाथलाई पक्राउ गऱ्यो।
सिकायतकर्ता नन्दिता घोषको दाबी छ, तत्कालीन तृणमूल नेताले कृष्णा नगर सेन्ट्रल को-अपरेटिभ ब्याङ्कबाट मात्र नभएर काली नगर सोसाइटीबाट पनि 14 करोड़ रुपियाँ धाँधली गरेका छन्। जिल्लाको राजनीतिमा उनको ठूलो प्रभाव रहेको कारणले पुलिस अधिकारीहरू पनि उनीसित डराउँथे।
यद्यपि शिवनाथ चौधरीको दाबी छ, उनलाई राजनीतिक षड़यन्त्रमा फसाइएको हो। उनले भने, मेरो कार्यकालमा केही मानिसहरूले सिकायत गरेका थिए कि उनीहरूले आफ्नो पैसा फिर्ता पाएनन्। पछि उनीहरूको सबै पैसा फिर्ता गरिएपछि धाँधलीको त प्रश्नै उठ्दैन। कृष्णा नगर सेन्ट्रल को-अपरेटिभ ब्याङ्कको चुनाउ भएदेखि नै मविरूद्ध सिकायत दर्ता गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा