दाइजोको लागि युवतीको हत्या, पिताले गरे कारबाहीको माग
दाइजोको लागि युवतीको हत्या, पिताले गरे कारबाहीको माग


नवादा, 07 मार्च (हि.स.)। जिल्लाको अकबरपुर थाना अधिनस्थ बगसंडा गाउँ निवासी देवेन्द्र सिंहले थानामा आफ्नी छोरीको हत्या गरेको आरोप छोरीको ससुरालीमाथि लगाउँदै शुक्रवार आवेदन गरी न्यायको निम्ति गुहार मागेका छन्।

पिताले बताए, पिंकी देवी, पति द्रवेश सिंह, ग्राम बक्संडा थाना अकबरपुर जिल्ला नवादाका स्थानीय बासिन्दा हुन्। मेरी छोरी तनु कुमारीको विवाह प्रिन्स कुमार पिता विद्याभूषण सिंह ग्राम बनार धान्य चन्द्रदीप जिल्ला जमुईसित 23 दिसम्बर, 2023-मा भएको थियो। विवाहमा हामीले आफ्नो योग्यताभन्दा अधिक 20 लाख रुपियाँ (90ग्राम)-को सुनको गहना बेहुला पक्षलाई दिएका थियौं।

उनले बताए, विवाह भएको 6 महिना बित्दा-नबित्दै मेरी छोरीमाथि कुटपिट तथा प्रताड़ित गरिन थाल्यो। यसको सूचना हामीले थाहा पाउँदा बेहुला पक्षका सदस्यहरूले भने, राँचीमा जमीन खरिद गर्नुछ जसको लागि हामीलाई थप 5 लाख रुपियाँ चाहिन्छ। त्यसपछि हामीले बेहुलाका पिता विद्याभूषणसित बातचित गरेर आफ्नो स्थितिसित अवगत गरायौं। उनले भने, हाम्रो योग्य छैनौं। प्रिन्स कुमार त्यति नै बेला रिसाएर त्यहाँबाट गए। त्यसपछि मैले आफन्तहरूसित तत्काल 50 हजार रुपियाँ ऋण लिएर उनीहरूलाई नगद दिएँ।

पीड़ितका पिताले भने, 7 मार्च, 2025 -को समय 11 बजे थाहा भयो कि मेरी छोरी तनु कुमारीको उसको ससुराली पक्ष प्रिन्स कुमार, सासु सुनिता देवी, ससुरा विद्याभूषण सिंह, देवर मनीष कुमार औ नीतीश कुमारले गला दबाएर हत्या गरिदिए जसको सूचना हामीलाई तनु कुमारीको ससुरालीले नै दिएको हो। त्यसपछि हामी तत्काल थानामा सूचना दियौं। पुलिसले कानूनी कारबाही गर्दै शवलाई आफ्नो कब्जामा लिएर तत्काल पोस्टमर्टम गर्नको लागि पठाइदियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande