कोलकाता, 07 मार्च (हि.स.)। विद्यासागर कलेज फर वूमेनको हिन्दी विभाग, आईक्यूएसी औ विद्यासागर मेट्रोपोलिटन कलेजको संयुक्त तत्वावधानमा 'हिन्दी भाषा एवं साहित्यको विकासमा पश्चिम बंगालको योगदान' विषयमा एक दिवसीय राष्ट्रिय संगोष्ठीको भव्य आयोजना गरियो।
यस अवसरमा मुख्य वक्ताका रूपमा कलकत्ता विश्वविद्यालय हिन्दी विभागकी अध्यक्ष एवं पश्चिम बंगाल हिन्दी अकादमीकी वरिष्ठ सदस्य प्रोफेसर डा. राजश्री शुक्ला उपस्थित थिइन्। साथै शुभ शारदा कलेज, बिकानेरका पूर्व प्रोफेसर, भारतीय विद्या मन्दिरका निदेशक एवं वैचारिकी पत्रिकाका सम्पादक वरिष्ठ साहित्यकार डा. बाबूलाल शर्माले पनि आफ्नो विचार साझा गरे।
कार्यक्रमको आरम्भ माता सरस्वती एवं पण्डित ईश्वर चन्द्र विद्यासागरका प्रतिमाहरूमा माल्यार्पण औ पुष्पाञ्जलिसितै गरियो। त्यसपछि कलेजका विद्यार्थीहरूले सरस्वती वन्दना प्रस्तुत गरी वातावरणलाई भक्तिमय बनाए।
विद्यासागर कलेज फर वूमेनकी प्राचार्या डा. सुतपा रायले स्वागत वक्तव्यमा सबै अतिथि, शोधार्थी, शिक्षकगण औ विद्यार्थीहरूलाई अभिनन्दन गरिन्। त्यसपछि मेट्रोपोलिटन कलेजका प्राचार्य डा. अर्घ्य सरकारले आयोजनको सफलताको लागि आयोगक अनि विद्यार्थीहरूलाई शुभकामना दिए। यसरी नै आईक्यूएसीको पक्षबाट वरिष्ठ प्राध्यापिका डा. मौली घोषले कार्यक्रमको लागि शुभकामना सन्देश दिइन्।
मुख्य वक्तव्यपूर्व हिन्दी विभागाध्यक्ष डा. अभिजीत सिंहले विषय प्रवर्तन गर्दै पश्चिम बंगाल तथा हिन्दी भाषाको गहिरो सम्बन्धमाथि प्रकाश पारे। उनले इतिहास, साहित्य, पत्रकारिता अनि अकादिक क्षेत्रहरूमा बंगालको योगदानमाथि विस्तारपूर्वक चर्चा गरे।
प्रोफेसर डा. राजश्री शुक्लाले आफ्नो वक्तव्यमा तथ्य तथा विश्लेषण सहित पश्चिम बंगालको बौद्धिक चेतनालाई रेखांकित गर्दै हिन्दी भाषाको विकासमा राज्यको योगदानमाथि विस्तारपूर्वक विचार राखे। अध्यक्षीय भाषणमा डा. बाबूलाल शर्माले हिन्दी भाषी क्षेत्र तथा पश्चिम बंगालको संस्कृति, भाषा, सभ्यता एवं सामाजिक सरोकारका आपसी सम्बन्धमाथि गहन चर्चा गरे।
कार्यक्रममा कलकत्ता विश्वविद्यालयका शोधार्थीहरूद्वारा विभिन्न विषयमाथि शोध-पत्र प्रस्तुत गरियो जसलाई उपस्थित श्रोताहरूले सराहना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा