गुवाहाटी, 07 मार्च (हि.स.)। राज्य स्तरीय भर्ती आयोग (एसएलआरसी) असमले ग्रेड- 3 औ ग्रेड- 4 पदहरूको लागि एडीआरई- 2025 को परिणाम जारी गरेको छ। उम्मेद्वारहरूले आफ्नो परिणाम assam.gov.in-मा हेर्न सक्नेछन्। पछि यो परिणामलाई slrcg3.sebaonline.org और slrcg4.sebaonline.org मा पनि अपलोड गरिनेछ।
ग्रेड- 3 पदहरूको लागि परीक्षा विवरण अनुसार एचएसएसएलसी (कक्षा 12) स्तरको परीक्षा गत 15 सेप्टेम्बरमा आयोजना गरिएको थियो। स्नातक स्तर र एचएसएलसी ड्राइभर पदको लागि 29 सेप्टेम्बरमा परीक्षा सम्पन्न गरिएको थियो। ग्रेड- 4 पदको लागि एचएसएलसी, एचएसएलसी+आईटीआई औ कक्षा 8 स्तरको पदको लागि परीक्षा 27 अक्टोबरमा आयोजना गरिएको थियो।
परिणाम घोषणा हुनपूर्व एसएलआरसीले अन्तिम उत्तर कुञ्जी जारी गऱ्यो अनि आपत्तिहरूलाई आमन्त्रित गऱ्यो। मान्य आपत्तिहरूको आधारमा अन्तिम उत्तर कुञ्जीमा आवश्यक संसोधन गरियो तथा स्वीकृत आपत्तिहरूको लागि शुल्क फिर्ता दिइयो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा