कोलकाता, 07 मार्च (हि. स.)। पश्चिम बंगालमा शिक्षक भर्ती घोटालाको जाँच गरिरहेक केन्द्रिय अन्वेषण ब्यूरो (सीबीआई)- को चार्जशीटमा ठूलो खुलासा भएको छ। 72.59 मिनटको एउटा अडियो क्लिप जाँच एजेन्सीको हातमा परेको छ जसमा तृणमूल कंग्रेस सांसद अभिषेक ब्यानर्जीको नाम 73 पटक उच्चारण गरिएको छ। यस अडियोमा ‘कालीघाटका काकु’ कहलाइने सुजयकृष्ण भाद्रको आवाज सामेल छ जसले भर्ती घोटालाका एकजना प्रमुख आरोपी कुन्तल घोषसित बातचित गरिरहेका छन्।
यो बातचित वर्ष 2017-को रहेको बताइँदैछ जतिबेला कुन्तल घोषका कर्मचारी अरविन्द रायवर्मन सुजयकृष्ण भाद्रको बेहालास्थित घरमा उपस्थित थिए। अरविन्दले सीबीआईलाई दिएको बयामा स्वीकार गरेका छन्, तिनले यो अडियो क्लिप कुन्तलको निर्देशमा आफ्नो मोबाइलबाट रेकर्ड गरेका थिए। पछि यसलाई आफ्नो ल्यापटपमा ट्रान्सफर गरियो।
सीबीआईले यस अडियोलाई कुचबिहारस्थित ल्बायबाट रिकभर गऱ्यो अनि यसलाई चार्जशीटसितै अदालतमा पेश गऱ्यो। तथापि अरविन्दले यो पनि बताए, रेकर्डिंग गरिएको मोबाइल हाल प्रयोगमा छैन जसलाई पाउन सम्भव छैन।
यस रेकर्डिंगमा सातजना मानिसहरूको आवाज छ जसमा सुजयकृष्ण, कुनन्तल घोष, उनकी पत्नी, तृणमूलबाट निष्कासित नेता शान्तनु ब्यनर्जी, एजन्ट सुरजीत चन्द्रा औ अरविन्द रायवर्मन सामेल छन्। सबैभन्दा आश्चर्यचकित कुरा के छ भने बातचित अवधि बारम्बार अभिषेक ब्यनर्जीको नाम लिइयो।
सीबीआईको रिपोर्ट मुताविक सुजयकृष्णले बातचित अवधि भने, शिक्षक भर्ती घोटालासित सम्बन्धित पैसा बाँड़फाँड़ हुँदा अभिषेक ब्यनर्जीले जानकारी पाएर आफ्नो अंश मागे।
बातचितमा 15 करोड़ रुपियाँ माग गरिएको उल्लेख-सीबीआईको चार्जशीटमा यो पनि दाबी गरिएको छ, यस अडियोमा अभिषेक ब्यनर्जीद्वारा 15 करोड़ रुपियाँको माग गरिएको उल्लेख छ। सुजयकृष्णले भने, कालीघाट अफिसमा अभिषेकले भने कि 15 करोड़ रुपियाँ देउ। मैले भने, सर, पैसा कसैले दिँदैन। सबैले पहिला नै 6.5 लाख रुपियाँ दिसकेका छन् अब फेरि कसैले पनि पैसा किन दिन्छ?
यस अतिरिक्त बातचितमा यो पनि भनियो, यदि 250 जना उम्मेद्वारहरूबाट पैसा संग्रह गरियो भने 15 करोड़़ रुपियाँ पूरा हुनसक्छ।
अभिषेक ब्यनर्जीले दिए स्पष्टिकरण-यस खुलासे पश्चात तृणमूल कंग्रेस सांसद अभिषेक ब्नर्जीले सीबीआईमाथि राजनीतिक प्रतिशोधको भावनाले काम गरेको आरोप लगाएका छन्। उनले भने, सीबीआई चार्जशीटमा दुईपटक मेरो नाम लेखियो, तर मविरूद्ध कुनै ठोस प्रमाण छैन। अन्ततः यी अभिषेक को हुन्, यो स्पष्ट किन गरिएन?
उनका वकिल सञ्जय बसुले पनि बयान जारी गरी भने, यो पूर्णरूपले एक राजनीतिक षड़यन्त्र हो र अभिषेक ब्यनर्जीलाई नियोजित ढंगमा बदनाम गर्ने प्रयास गरिरहेका छन्।
सीबीआईले यस अडियोको क्लिपको फोरेन्सिक जाँचको लागि यसलाई विशेषज्ञहरू समक्ष पठाएको छ। यसबाहेक सुजयकृष्ण, कुन्तल औ शान्तनुको आवाजको नमूना पनि लिइएको छ ताकि यस रेकर्डिंगको सत्यताको पुष्टि हुन सकोस्। तथापि अहिलेसम्म सीबीआईले यस मामिलामा अभिषेक ब्यनर्जीलाई समन पठाएको छैन। तर जसरी उनको नाम यस रेकर्डिंगमा पटक-ापटक लिइएको छ त्यसबाट यो मामिला अझ गम्भीर बन्न पुगेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा