कोलकाता, 07 मार्च (हि. स.)। पश्चिम बंगालमा आगामी वर्ष 2026-मा हुने विधानसभा चुनाउपूर्व तृणमूल कंग्रेसले मतदाता सूचीमा सामेल नक्कली मतदाताहरूको पहिचानको लागि ठूलो कदम उठाएको छ। पार्टीले यस सप्ताहको अन्तदेखि राज्यभरि नै घर-घरमा पुगेर व्यापक सर्वेक्षण शुरू गर्न गइरहेको छ। यस फसेलालाई मूर्त रूप दिनको लागि तृणमूलको विशेष कोर कमिटीको पहिलो बैठकमा सहमति कायम भयो जसलाई गत महिना मतदाता सूचीको जाँच तथा नक्कली मतदाताहरूको पहिचानको लागि गठन गरिएको थियो।
तृणमूलले यो सर्वे जिल्ला स्तरमा गराउने निर्णय लिएको छ। ग्रामीण क्षेत्रहरूमा यसलाई ब्लक स्तरमा तथा शहरी क्षेत्रहरूमा वार्ड स्तरमा संचालन गरिनेछ। सर्वेको लागि पाँच प्रमुख बिन्दुहरूमाथि ध्यान केन्द्रित गरिनेछ।-
1. ती मानिसहरूको पहिचान गर्नु जो पश्चिम बंगाको मतदाता सूचीमा सामेल हुने योग्य छैन।
2. यस्तो मामिलाको पत्तो लगाउनु जहाँ एउटै ईपीआईसी (मतदाता पहिचान पत्र) नम्बरमा दुई अलग-अलग नाम पञ्जीकृत छ।
3. प्रत्येक मतदान केन्द्रमा अलग-अलग टीमहरूलाई तैनाथ गर्नु ताकि सर्वेक्षण प्रक्रिया पूर्ण रूपमा सठिक होस्।
4. ती वास्तविक मतदाताहरूको अलग सूची तयार गर्नु जसको नाम कुनै कारणवश मतदाता सूचीदेखि हटाइएको छ।
5. अनलाइन आवेदनको माध्यमबाट मतदाता सूचीमा जोड़िएको नामहरूको विशेष जाँच गर्नु।
यस अतिरिक्त कोर कमिटीका प्रत्येक सदस्यलाई तीनवटा जिल्लाहरूको समीक्षा गर्ने जिम्मेवारी दिइएको छ। उनीहरूलाई निर्देश दिइएको छ, उनीहरूले आ-आफ्नो क्षेत्रमा पुगेर सर्वे कार्यको निगरानी गरून् तथा रिपोर्ट तयार पारून्।
तृणमूल कंग्रेसका वरिष्ठ नेता औ लोकसभामा पार्टीको संसदीय दलका नेता सुदीप ब्यनर्जीले भने, पार्टीले यस मामिलालाई गम्भीर रूपमा लिएको छ, किनभने भाजपाले आगामी वर्ष 2026-को विधानसभा चुनाउपूर्व षड़यन्त्र रचिरहेको छ। उनले भने, दिल्ली तथा महाराष्ट्र विधानसभा चुनाउमा पनि उनीहरूले यस्तै गरेका थिए, तर पश्चिम बंगालमा उनीहरूको यो षड़यन्त्र सफल हुनेछैन।
यसरी नै राज्यका अग्निशमन मन्त्री सुजीत बोसले पनि भने, पार्टीले मतदाता सूचीलाई त्रुटिहिन बनाउनको लागि सम्पूर्ण शक्ति प्रयोग गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा