नवादा, 07 मार्च (हि.स.)। बिहारको नवादा पुलिसलाई शुक्रवार ठूलो सफलता हात लाग्यो। एसआईटीले आभूषण पसलमा चोरी गर्ने अन्तर जिल्ला गिरोहको भण्डाफोड़ गऱ्यो। एसपी अभिनव धीमानको निर्देशमा गया अनि नारदीगञ्जमा छापा मारेर चारजना आरोपीहरूलाई पक्राउ गरिएको छ। यस गिरोहले बितेको चार महिनामा नवादा अनि गया जिल्लाका 14 वटा आभूषण पहलहरूलाई लक्षित गरेको थियो। एउटा पसलबाट 473 किलो चाँदी र 45 लाख नगद जफ्त गरेको छ।
यसरी नै आरोपी चोरहरूबाट पनि 13.344 किलो गलाइएको चाँदी जफ्त गरिएको छ। एसआईटीले गया जिल्लाको कोतवाली थाना क्षेत्रबाट सन्तोष कुमार र गौतम कुमारलाई समातेको छ। रामपुर थाना क्षेत्रबाट राजा अनि मोहम्मद शाहिद अलीलाई पक्राउ गरिएको छ। जाँचमा थाहा लागे अनुसार यस गिरोहले पछिल्लो चार महिनामा नवादा र गया जिल्लाका 14 वटा आभूषण पसलहरूाई लक्षित गरिएको छ जसमा इमामगञ्ज, टनकुप्पा, वजीरगञ्ज, नवादा जिल्लाको हिसुआ, पकरीबरावाँ, विष्णुपद औ गुरूआ थाना क्षेत्रको पसल सामेल छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा