भाजपा चाँपदानीमा नयाँ ऊर्जा संचार, प्रसिद्ध वकिल अमित बेहेरा भए सामेल
भाजपा चाँपदानीमा नयाँ ऊर्जा संचार, प्रसिद्ध वकिल अमित बेहेरा भए सामेल


कोलकाता, 07 मार्च (हि.स.) । पश्चिम बंगालमा आगामी वर्ष 2026-को विधानसभा चुनाउपूर्व भारतीय जनता पार्टी (भाजपा)-लाई ठूलो शक्ति प्राप्त भएको छ। चन्दन नगर कोर्टका प्रतिष्ठित वकिल अमित बेहेराले भाजपाको सदस्यता ग्रहण गरेका छन्।

चाँपदानी मण्डल-1 को 22 नम्बर वार्ड निवासी अमित बेहेराले भाजपा नेता जितेन्द्र सावको हातबाट पार्टीको सदस्यता ग्रहण गरे। यस अवधि मण्डलका पूर्व अध्यक्ष प्रशान्त राय, उपाध्यक्ष कुन्दन सिंह तथा मण्डल-2 का महामन्त्री सन्तोष मिश्रा पनि उपस्थित थिए।

भाजपा नेताहरूले अमित बेहेराको पार्टीमा सामेलीकरण एक महत्वपूर्ण उपलब्धि रहेको बताए। जितेन्द्र सावले शुक्रवार भने, यसबाट भाजपालाई चाँदपानीमा थप ऊर्जा प्राप्त हुनेछ। आगामी वर्ष 2026-को विधानसभा चुनाउपूर्व यसरी प्रतिष्ठित व्यक्तिहरू भाजपामा सामेल हुनु भनेको एउटा ठूलो सफलता हो।

अमित बेहेरा भाजपामा सामेल भएकोमा पार्टी कार्यकर्ताहरूले उनलाई उत्साहपूर्वक स्वागत जनाए अनि यसलाई चाँपदानीमा संगठनलाई अझ सशक्त बनाउने दिशामा एउटा महत्वपूर्ण कदम बताए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande