नयाँ दिल्ली, 7 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले शुक्रवार 'जन औषधि दिवस'- को अवसरमा अशोक विहारमा जन औषधि केन्द्रको निरीक्षण गरिन्। उनले औषधि केन्द्रमा रहेका औषधिहरूको गुणस्तर तथा स्टक बारे जानकारी लिँदै उनले भनिन्, भाजपा सरकार स्वास्थ्य सुविधाहरूलाई उन्नत तथा सस्तो बनाउनको लागि निरन्तर प्रयासरत छ।
मुख्यमन्त्रीले पत्रकारहरूलाई सम्बोधन गर्दै भनिन्, प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा शुरू गरिेएको जन औषधि केन्द्रले मानिसहरूलाई सस्तो तथा गुणस्तरीय औषधिहरू उपलब्ध गराउन सहयोग गरिरहेको छ जसबाट चिकित्सा सुविधा अधिक सस्तो बन्दै गइरहेको छ। पछिल्लो सरकारले आफूलाई यस जन कल्याणकारी यजनादेखि टाड़ा राख्यो।
उनले भनिन्, जहाँ पनि नियमानुसार जन औषधि केन्द्र खोल्न सकिन्छ, त्यहाँ खोलिनेछ। दिल्लीका मानिसहरूलाई यस योजनासित जोड़िने अधिकार छ। भाजपा सरकारले हाई कोर्टको फसेलालाई पालन गरिरहेको छ जसमा भनिएको छ, हरेक अस्पतालको 500 मीटरको परिधिमा एउटा जन औषधि केन्द्र हुनुपर्छ। यसबाट दिल्लीका मानिसहरूलाई सस्तो मूल्यमा राम्रो औषधिहरू प्राप्त हुनेछ। अस्पताल नजिक जन औषधि केन्द्र रहनाले औषधिहरूको अभावलाई पनि समाधान गर्न सकिन्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा