साइबर क्राइम: खामदोङकी महिलाले गुमाइन 5.35 लाख
अनलाइन ठगीको मामिला बढ्दै


गान्तोक, 07 मार्च (हि.स.)। सिक्किममा साइबर क्राइमको मामिला रोकिने नाम लिएको छैन। राज्यकी एक महिला साइबर क्राइमको चपेटमा परे​पछि पॉंच लाखभन्दा धेरै रूपियॉं गुमाउनु परेको छ।

पुलिस सूत्रहरूबाट प्राप्त जानकारी अनुसार, गान्तोक जिल्ला अन्तर्गत खामदोङ निवासी एक महिलालाई कथित अस्ट्रेलिया निवासी राज खुराना नामक व्यक्तिले फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको थियो। महिलाले फ्रेन्ड रिक्वेस्ट स्वीकार गरेपछि उनीद्वयबीच वाट्सएपमा कुराकानी पनि शुरू भयो।

यस क्रममा गत 22 फरवरी, 2025 का दिन आरोपी व्यक्तिले आफू भारत आइपुगेको, तर आफूसॅंग पूर्ण दस्तावेजहरू नरहेकाले उनलाई एयरपोर्टमा सुरक्षा कर्मीहरूले पक्राउ गरेको जानकारी महिलालाई गराए। यसपछि, आरोपी व्यक्तिले महिलालाई सहयोगको लागि अनुरोध गर्दै पैसा पठाउन लगाए। महिलाले पनि उक्त व्यक्तिलाई 5 लाख 35 हजार रूपियॉं अनलाइन ट्रान्सफर गरिदिए। पछि, उक्त महिलाले आफू अनलाइन फ्रडको शिकार बनेको थाहा पाइन्।

पीडित महिलाले विहिवार सदर थानामा अज्ञात आरोपी विरुद्ध प्राथमिकी दर्ता गरेकी छिन्। पुलिसले बीएनएस 2023 को धारा 318(3)/319(2)/112(2)/111(2)(बी)/112(2) र आईटी एक्ट, 2000 को धारा 66डी अन्तर्गत मामिला दर्ता गरेर छानबिन शुरू गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande