गेजिङमा जन औषधि दिवस पालन गरियो
गेजिङमा जन औषधि दिवस पालन गरियो


गेजिङ, 07 मार्च (हि.स.)। राज्यका सबै नागरिकहरूको निम्ति सस्तो मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज जिल्ला अस्पताल गेजिङ जिल्लाले जन औषधि दिवस पालन गऱ्यो। यस कार्यक्रमको उद्देश्य जेनेरिक औषधिहरू र प्रधानमन्त्री भारतीय जनऔषधि परियोजनाबारेमा आम मानिसहरूलाई जागरूक गराउनु रहेको थियो।

कार्यक्रममा गेजिङ नगर पञ्चायतका सभापति देवेन्द्र प्रसाद शर्मा मुख्य अतिथि थिए। कार्यक्रममा गेजिङका सीएमओ डा. विकास प्रधानले जनऔषधि केन्द्रले ब्रान्डेड औषधिहरूभन्दा कम मूल्यमा जेनेरिक औषधिहरू प्रदान गर्दै आइरहेको बताए। यसैगरी, सोरेङका सीएमओ नाम्गे भोटियाले जनऔषधि दिवसको मुख्य उद्देश्य सबै नागरिकहरू, विशेष गरेर गरिब र विपन्नहरूका लागि सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु गरेको बताए।

कार्यक्रममा जिल्ला पञ्चायत सदस्य सागर शर्मा, आईसीडीएस, आशा र आंगनवाडी कर्मीहरू र जनसाधारणको उपस्थिति थियो।

हिन्दुस्थान समाचार / प्रदीप


 rajesh pande