गान्तोक, 07 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज राजभवन परिसरमा नवनिर्मित गौशालामा गाईको पूजा गरे। उनले गाईहरूलाई फल र चारो दिएर विधिपूर्वक पूजा गरे अनि राजभवन परिवारमा स्वागत गरे।
राज्यपालले भने, भारतीय संस्कृतिमा गाईको विशेष महत्व छ। गाईको देखरेख गर्नु र संरक्षण गर्नु हामी सबैको कर्तव्य हो।
राज्यपालले गौशालामा गाईहरूको सेवाको निम्ति चिकित्सा सेवा, स्वच्छता, पोषणयुक्त आहार र आवासबारे पनि जानकारी लिॅंदै यसमा विशेष ध्यान पुऱ्याउन जोड दिएको विज्ञप्तिमा उल्लेख छ।
हिन्दुस्थान समाचार / बिशाल