वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा, राज्यपालसॅंग गरे भेट
वडोदरा नगर निगमका पार्षदहरू सिक्किम भ्रमणमा


गान्तोक, 07 मार्च (हि.स.)। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग आज गुजराजको वडोदरा नगर निगमका 21 सदस्यीय पार्षद दल र निगमका अधिकारीहरूले शिष्टाचार भेट गरे। वडोदरा नगर निगमको उक्त दल चार दिवसीय अध्ययन भ्रमणमा सिक्किम आएका हुन्।

भ्रमणको प्रथम दिन आज उपमेयर चिराग बारोठको नेतृत्वमा पार्षदहरूको टोलीले राज्यपालसॅंग भेट गरे। उपमेयरले भने, गान्तोक नगर निगमको सफाई व्यवस्था, सड़कहरूमा चल्ने नियम, ट्राफिक व्यवस्था, सार्वजनिक स्थलहरूमा धूम्रपानमा प्रतिबन्ध र प्लास्टिकमा प्रतिबन्ध जस्ता कुराहरूले हामी प्रभावित बनाएको छ। हामी वडोदरा नगर निगममा पनि यस्तै पहल गर्न चाहन्छौ।

राज्यपालले सम्पूर्ण देशबाट आउने पर्यटकहरूले सिक्किमबाट शिक्षा लिएर अनि नवाचार लिएर जानुपर्छ भनी बताए। उनले पार्षदहरूको दललाई सिक्किमको सामरिक महत्व, अर्ग्यानिक खेती, सामाजिक समरसता र सुखी समाजको बारेमा विस्तारपूर्वक बताए। उनले सिक्किम प्रवासको निम्ति खुशी व्यक्त गरे भने पार्षद दलले पनि सत्कारको निम्ति राजभवनप्रति आभार प्रकट गरेको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande