लुरिनज्योति गोगोईले असमवासीहरूसित माफी मागुन्ः भाजपा
लुरिनज्योति गोगोईले असमवासीहरूसित माफी मागुन्ः भाजपा


गुवाहाटी, 07 मार्च (हि.स.)। असम जातीय परिषद (एजेपी)- का अध्यक्ष लुरिनज्योति गोगोईद्वारा राज्य सरकार औ मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमालाई लिेएर गरिएको टिप्पणीमाथि प्रदेश भाजपाले कड़ा प्रतिक्रिया व्यक्त गरेको छ। भाजपा असम प्रदेशका मुख्य प्रवक्ता मनोज बरुवाले भने, राज्य सरकारको जनहितैषी नीति तथा विकास कार्यहरूदेखि हताश विपक्षले अब अनर्गल बयानबाजी गरिरहेको छ।

उनले भने, असम सरकारले हालैमा आदिवासी तथा चाय जनजाति समुदायको सांस्कृतिक विरासतलाई वैश्विक मञ्चमा सशक्त ढंगमा प्रस्तुत गरेको छ। साथै ‘एडभान्टेज असम 2.0’ पहल अन्तर्गत पाँच लाख करोड़ रुपिया निवेशको व्यवस्था गरी राज्यको आर्थिक धरातललाई अझ सशक्त बनाइँदैछ। यसबाट डराएर विपक्षी नेता दिशाहीन भएका छन्।

भाजपाले आरोप लगाए, लुरिनज्योति गोगोई र विपक्षी दलले हताशामा यस्तो बयान दिरहेका छन् ज सबा राज्यको छवि धमिलो भइरहेको छ। मुख्यमन्त्रीलाई ‘अकर्मण्य-बेकाम्मे’ भनेकोमा तथा असमलाई ‘भिखारीहरूको राज्य’ भनेकोमा कड़ा विरोध गर्दै भाजपाले भन्यो, यो बयान पूर्ण रूपले निन्दनीय र मानसिक अस्थिरताको प्रतीक हो।

प्रदेश भाजपाले माग गऱ्यो, लुरिनज्योति गोगोईले राज्यवासीहरूसित माफी मागुन् तथा जनतालाई भ्रमित बनाउने प्रयास नगरियोस्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande