हुगली, 07 मार्च (हि. स.)। हुगली जिल्लाको वैद्यबाटी नगरपालिका 10 नम्बर वार्डको एउटा भीडियो तथा फोटो सोशल मीडियामा साझा गरी प्रदेश भारतीय जनता युवा मोर्चाका प्रवक्ता हरि मिश्राले शुक्रवार दाबी गरे, वैद्यबाटी नगरपालिकाको 10 नम्बर वार्डमा सुरेन्द्रनाथ विद्यानिकेतन हाई स्कूल नजिकै तलाउलाई भर्ने काम भइरहेको छ। तर नगरपालिका पार्षद र विधायक भने मौन छन्।
हरिले भने, उनले क्षेत्रका जनतालाई जागरूक बनाउनका लागि सोशल मीडियामा तस्वीरहरू साझा गरी स्थानीय तृणमूल नेताहरूको मौनतामाथि प्रश्न उठाइरहेका छन्। यस सन्दर्भमा हिन्दुस्थान समाचार-ले स्थानीय पार्षद सुबीर घोषसित प्रश्न गर्दा उनले भने, त्यो जमीन राजबाड़ीको हो। उनीहरूले आफ्नो जमीनलाई घेरिरहेका छन्। शुरूमा हामीले विरोध गरेका थियौं। तर उनीहरूले आफ्नो जमीनको कागज देखाए जुन उनीहरूको नाममा छ। जमीनको कागजको प्रति पुलिस चौकी र नगरपालिकामा जमा गरिएको छ। म भाजपा नेतालाई आग्रह गर्न चाहन्छु कि उनले पहिला जमीनको कागज हेरून् अनि केही गल्ती छ भने विरोध गरून्। यदि कसैले राजनीतिको लागि राजनीति गर्छ भने त्यसको परिणाम शून्य हुन्छ।
तृणमूल पार्षदले मीडिया कर्मीहरूसित पनि आह्वान गरे, उनीहरूले पहिला घटनास्थलमा गएर आफै स्थितिको जायजा लिउन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा