हुगली, 07 मार्च (हि. स.)। हुगली जिल्लाको डानकुनी थानान्तर्गत भदुआ क्षेत्रको एक पेट्रोल पम्प सामुस्थित एक विशालकाय वटवृक्षलाई अवैध रूपमा काटिँदैथ्यो। स्थानीय मानिसहरूले विरोध गरेपछि पुलिसले रूखलाई काट्नदेखि रोक्यो। पुलिसले यस मामिलामा एकजना व्यक्तिलाई हिरासतमा लिएको छ।
प्राप्त जानकारी अनुसार भदुआ क्षेत्रस्थित एक पेट्रोल पम्पमा सौन्दर्यीकरणको काम भइरहेको थियो। यसको लागि गत केही दिनदेखिको पेट्रोल पम्पको जमीनमा रहेका रूखहरूको कटाई भइरहेको थियो। यसै क्रममा शुक्रवार आरोपीले एउटा विशाल सरकारी जमीनमा रहेको वटवृक्षलाई काट्न शुरू गरे। तर स्थानीय पर्यावरणप्रेमी माबुद अलीले विरोध गरे। हेर्दा-हेर्दै घटनास्थलमा मानिसहरूको भीड़ एकत्र भयो। पुलिसले घटनास्थलमा पुगेर रूख काट्ने कामलाई रोक लगाइदियो अनि एकजना मानिसलाई हिरासतमा लियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा