जलपाइगढी, 07 मार्च (हि. स.)। स्वास्थ्य केन्द्रमा खोप लगाएपछि डेढ़ महिने शिशुको मृत्यु भएको घटनाले गए बिहीवार लाटागुड़ी अशान्त भएको थियो। शिशुको मृत्युको विरोधमा स्थानीय तथा पीड़ित परिवारले शवलाई हातमा लिएर सड़कमा टायर बाली विरोध प्रदर्शन गरेका थिए जसबाट क्षेत्रमा तनाउ फैलिएको थियो। उक्त घटनापछि शुक्रवार उत्तर झरमटियाली स्वास्थ्य केन्द्रमा ताला झुण्डाएको पाइयो। जबकि स्वास्थ्य कर्मीहरूको फोन पनि बन्द छ।
यस सम्बन्धमेा मालेर ब्लक स्वास्थ्य अधिकारी (बीएमओएच) दीपांकर करले भने, शिशु प्री-म्याचुर जन्मिएको थियो। उसलाई नियमानुसार खोप लगाइएको थियो। यसमा स्वास्थ्य कर्मीको कुनै भूल छैन। परिवारले चाहे थानामा सिकायत दर्ता गराउन सक्नेछन्। पोस्टमर्टम गरेपछि मृत्युको साँचो कारण स्पष्ट हुनेछ।
उल्लेखनीय छ, स्थानीय निवासी कविता अधिकारी औ कौशिक अधिकारीकी डेढ़ महिने छोरीलाई गत बुधवार लाटागुड़ी ग्राम पंचायतको उत्तर झरमटियाली स्वास्थ्य केन्द्रमा खोप लगाइएको थियो। खोप लगाएपछि अबेर राती बालिकाको स्थिति बिग्रियो। परिवारले उसलाई जलपाईगुड़ी सुपर स्पेशलिटी अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। त्यसपछि मानिसहरू तथा परिवारका सदस्यहरूले सड़क जाम गरेर प्रदर्शन गरे। घण्टौंसम्म क्रान्ति मोड़मा मयनागुड़ी-लाटागुड़ी राष्ट्रिय राजमार्ग-717 लाई जाम गरेर विरोध प्रदर्शन गरिएको थियो। सूचना पाएर क्रान्ति चौकीको पुलिस घटनास्थलमा पुग्यो अनि परिवारसित बातचित गरेर सड़कलाई जााममुक्त बनायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा