कोलकाता, 07 मार्च (हि.स.)। कोलकाता पुलिस ल इन्स्टीट्यूट (केपीएलआई)-ले आफ्नो परीक्षामा धाँधली तथा अनुचित साधनहरूको प्रयोगलाई लिएर कड़ा चेताउनी जारी गरेको छ। संस्थानले स्पष्ट पारेको छ, परीक्षा अवधि किताब, नोट्स, इलेक्ट्रनिक उपकरण, स्मार्टवाच जस्ता कुनै पनि सामग्री लिएर परीक्षा हलमा प्रवेश गर्नेमाथि पूर्ण रूपले प्रतिबन्ध लगाइनेछ।
कोलकाता पुलिस, पश्चिम बंगाल पुलिस तथा अन्य राज्य सरकारी संस्थाहरूको सेवामा कार्यरत पुलिस कर्मीहरूको लागि दुई वर्षको एलएलएम तथा तीन वर्षको एलएलबी डिग्री पाठ्यक्रम संचालन गर्ने यस संस्थानका प्राचार्यले यो निर्देश दिएका हुन्। हालैमा केही परीक्षार्थीहरूद्वारा अनुचित साधनहरू प्रयोग गरिएको सिकायत प्राप्त भएपछि यस्तो कड़ा निर्देश जारी गरिेको हो।
केपीएलआईमा पुलिसकर्मीहरूको लागि मात्र डिग्री कोर्स उपलब्ध छैन जबकि कोलकाता पुलिस तथा पश्चिम बंगालमा सेवारत तथा सेवानिवृत्त कर्मीहरूका छोरा-छोरीहरूको लागि पनि पाँच वर्षीय एलएलबी डिग्री कोर्सको सुविधा छ। यस संस्थानको स्थापना 19 अगस्त, 2016 -मा तृणमूल कंग्रेस सरकारको पालोमा भएको थियो भने मुख्यमन्त्री ममता ब्यनर्जीले यसको उद्घाटन गरेकी थिइऩ्। यो संस्थान कलकत्ता विश्वविद्यालयसित संबद्ध छ तथा बार काउन्सिल अफ इण्डियाद्वारा मान्यता प्राप्त छ। कोलकाता पुलिस कमिश्नर यस संस्थानका अध्यक्ष हुन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा