कोलकाता, 7 मार्च (हि.स.)। पश्चिम बंगालका केही भागहरूमा मौसम परिवर्तन भएको देखिँदैछ। कोलकातामा तापमान सामान्यभन्दा कम भएको छ भने उत्तर बंगालका जिल्लाहरूमा वर्षा अनि आँधी-हुरी आउने चेताउनी जारी गरिएको छ। अलिपुर मौसम विभाग अनुसार उत्तर बंगालका चारवटा जिल्लाहरूमा आगामी बिहीवारसम्म मेघ गर्जन सहित वर्षा हुने सम्भावना छ। त्यसपछि राज्यभरि नै तापमान बढ़्ने अनुमान छ।
शुक्रवार कोलकाताको न्यूनतम तापमान 18.2 डिग्री सेल्सियस रेकर्ड गरियो जनु सामान्यभन्दा 3.5 डिग्री कम हो। गए बिहीवार अधिकतम तापमान पनि 28.8 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 3.5 डिग्री कम थियो। दक्षिण बंगालका जिल्लाहरूमा आगामी दुई दिनसम्म तापमान यस्तै प्रकारको रहनेछ। त्यसपछि तापमान दुई-तीन डिग्री बढ़्नसक्छ। दक्षिण बंगालमा हाल वर्षा हुने सम्भावना व्यक्त गरिएको छैन।
उत्तर बंगालका दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी औ अलिपुरद्वार जिल्लामा मेघ गर्जनासितै पानी पर्नसक्छ। शुक्रवारदेखि हुने यो वर्षा आगामी बिहीवारसम्म जारी रहनसक्छ। तथापि सोमवार यी जिल्लाहरूमा वर्षा हुने सम्भावना छैन। शनिवार यी चारैवटा जिल्लाहरूमा घना वर्षा हुनसक्छ जसको लागि यल्लो अलर्ट जारी गरिएकोछ। उत्तर बंगालका अधिकांश भागहरूमा सामान्य वर्षा हुने सम्भावना भए पनि कतिपय क्षेत्रमा तीव्र बताससितै बज्रपात हुने सम्भावना छ।
मौसम विभाग मुताविक असममाथि चक्रवात निर्माण भएको छ र आगामी 9 मार्चदेखि उत्तर-पश्चिम भारतमा नयाँ पश्चिमी विक्षोभले प्रवेश गर्नसक्छ। यसको प्रभावले यो सिस्टम बिस्तारै पूर्व तर्फ बढ़्नेछ जसबाट उत्तर बंगालमा वर्षा अनुकूल स्थिति उत्पन्न भएको हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा