मालदा, 07 मार्च (हि. स.)। घरदेखि 500 मीटर टाड़ा आँपको रूखमा एकजना युवकको झुण्डिरहेको शव उद्धार गरिएको छ। घटना जिल्लाको हरिश्चन्द्रपुर थानाको भिंगल गाउँमा भएको हो। मृतकको नाम शिव शंकर दास (25) हो। नौ महिनापूर्व शिवशंकरको विवाह भएको थियो। यस घटनाको कारणले उसकी पत्नी सहित परिवार गहिरो शोकमा डुबेको छ।
पारिवारिक सूत्र अनुसार गए बिहीवार शिव शंकरलाई उसका माता-पिताले हप्काएका थिए। त्यसपछि राती नै शिव घरबाट बेपत्ता भएका थिए। उसको मोबाइल पनि बन्द थियो। उसलाई घरका सदस्यहरूले सबैतिर खोजे, तर कुनै पत्तो लागेन। शुक्रवार स्थानीय मानिसहरूले घरदेखि पाँच मीटर टाड़ा आँपको रूखमा फाँसीमा झुण्डिरहेको उसको शव देखे।
घटनाको सूचना पुलिसलाई दिइयो। हरिश्चन्द्रपुर पुलिस घटनास्थलमा पुगेर शिवको शवलाई उद्धार गरी पोस्टमर्टमको लागि मालदा मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ। तथापि स्थानीय मानिसहरूले बताए अनुसार शिव लामो समयदेखिकै लटरीको लतमा डुबेको थियो। उमाथि ठूलो ऋणको बोझ थियो।
हाल उसले कम्प्यूटरको पसल चलाइरहेको थियो। युवकले पहिला पनि टोटो बेचिसकेको छ। यस्तै दबावहरूको कारणले उसले आत्महत्या गरेको हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा