काठमाण्डौं, 07 मार्च (हि.स.)। नेपालको हवाई क्षेत्रमा एक विमानले एउटा चक्काबिना जनकपुरदेखि काठमाण्डौंमा ल्याण्ड गऱ्यो र पायलटलाई यसको पत्तो पनि लागेन। यद्यपि, विमान सुरक्षित ल्याण्ड भय़ो र सबै यात्री सुरक्षित छन्।
जनकपुरदेखि काठमाण्डौंको निम्ति उड़ेको बुद्ध एयरको विमान बिना चक्काको ल्याण्डिङ गरिएको कारण नेपालको हवाई सुरक्षामाथि एक पल्ट फेरि प्रश्न चिह्न खड़ा भएको छ। बिहिवार साझँ बुद्ध एयरको विमान संख्या U4 508 जनकपुरदेखि साझँ 16:39 बजी उड्यो र 17:05 बजी काठमाण्डौंमा ल्याण्ड भयो। यस अवधि विमानको एउटा चक्का देखिएन। यसको पत्तो तब लाग्यो जब आगामी गन्तव्यको निम्ति उड़ान भर्न अगाड़ी विमानको जाँच गरिँदैथियो।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले भने, पायलटले पोस्ट फ्लाइट चेकमा नोज गियर नभएको खबर थाहा पायो। यस चक्काबारे तत्काल पत्तो लगाउनका लागि जनकपुर विमानस्थललाई सूचना दिइयो। जनकपुर विमानस्थलमा चक्का खोज्दा थाहा लाग्यो कि यस विमानको एउटा चक्का त्यही रनवेमा थियो र त्यसको नट वोल्ट भाँचिएको थियो। विमान पुरानो मोडलको भएको कारण चक्कातिर न त क्यामरा लागेको हुन्छ न त सेन्सरको सुविधा छ, जसले गर्दा पायलटलाई यसको जानकारी भएन।
प्राधिकरणका प्रवक्ताले भऩे, यस घटनाको तुरन्तै बुद्ध एय़रको जहाज 9N AHN लाई ग्राउण्डेड गरी यसको जाँचको आदेश दिइएको छ। विमानको सुरक्षित ल्याण्डिङ भएपछि यसको तकनीकी जाँच आवश्यक छ। प्रारम्भिक रूपम यसमा जनकपुर विमानस्थलको बुद्ध एयरको स्टाफको लापरवाही लागिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी