सिलगढ़ी, 07 मार्च (हि. स.)। नक्सलबाड़ी थानाको पुलिसले फाँसीदेवाको मुरलीगञ्ज चेक पोस्टमा नाका जाँच अवधि एउटा कन्टेनरबाट 25 वटा भैंसीहरूलाई उद्धार गरेको छ। यस मामिलामा एकजना तस्करलाई पक्राउ गरिएको छ जसको नाम आशुतोष शर्मा हो।
पुलिस सूत्र अनुसार शुक्रवार भोर बिहान मुरलीगञ्जको चेक पोस्टमा नाका जाँच अवधि एउटा कन्टेनरलाई रोकेर जाँच गरियो। यस अवधि कन्टेनरभित्रबाट 25 वटा भैंसी जफ्त गरियो। त्यसपछि भैंसीसित सम्बन्धित वैध कागजपत्र देखाउन असर्थ भएपछि पुलिसको टीमले चालकलाई पक्राउ गऱ्यो।
यी भैंसीहरूलाई उत्तर दिनाजपुरको दालखोलाबाटतस्करी गरेर असम लगिँदैथ्यो। जफ्त गरिेएका भैंसीहरूलाई घोषपुकुर गौशालामा पठाएर पुलिस अग्रिम कारबाहीमा जुटेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा