सोनादा, 07 मार्च (हि.स.)। सोनादा ट्राफिक पुलिसको आयोजनामा आज सोनादामा सेफ ड्राइभ सेभ लाइफ विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ। यस अवसरमा ट्राफिक नियम पालन नगरेको खण्डमा बाइक-स्कुटी दुर्घटना हुन सक्छ भन्ने विषयमा सचेत गर्ने कार्य गरिएको थियो।
राष्ट्रिय राजमार्गमा गाडी कुदाउँदा चालकहरुले विशेष ध्यान दिनु पर्ने विषयमा सचेतना गराउनु पर्ने बताइएको छ। यसका साथै गाडी कुदाउँदा चालकहरुले अनिवार्यरुपमा सिटबेल्ट लगाउनु पर्ने, मदपान नगरी गाडी कुदाउनु पर्ने, बाइक र स्कुटी चलाउँदा पनि अनिवार्य रुपमा हेलमेट लगाउनु पर्ने विषयमा सचेतना गराइयो।
सोनादा ट्राफिक पुलिस ओसी सबीन दर्नालले चालकहरुलाई सचेत गराउँदै भने, चालकहरु पुलिसको छेउमा मात्र सिटबेल्ट लगाउने साथै बाइक र स्कुटी कुदाउनेहरुले पनि पुलिसलाई देखेपछि मात्र हेल्मेट लगाउने गर्छन्। पुलिसको छेउमा मात्र सुरक्षित रहेको जनाउन खोज्छन्, तर यसो गरेर उनीहरू स्वयं नै जोखिममा परिरहेको उनले बताए।
उल्लेखनीय छ, सोनादा ट्राफिक पुलिस सबिन दर्नालको अगुवाईमा प्रत्येक महिना सोनादा क्षेत्रका विभिन्न स्कूल कलेजहरुमा पनि ट्राफिक नियम विषयमा सचेतना कार्यक्रम आयोजना गरिॅंदैछ।
हिन्दुस्थान समाचार / हनोक