जोधपुर, 7 मार्च (हि.स.)। व्हाट्सएपमा लिंक पठाएर धेर मुनाफा कमाउने लोभमा एकजना युवक 14.71 लाख रुपियाँको ठगीको शिकार भए। उसले न त मुनाफा पाए न त आफूले निवेश गरेको पैसा नै फिर्ता पाए। पीड़ितले अब खांडाफलसा थानामा अज्ञात व्यक्तिविरूद्ध रिपोर्ट दर्ता गरेका छन्। उसलाई व्हाट्सएप म्यासेजको माध्यमबाट टास्क दिइएको थियो। शुरूमा लाभ दिए पनि अन्ततः ठगीको शिकार बनाइछाड़्यो। पुलिसले यस प्रकरणमा अब अग्रिम अनुसन्धान आरम्भ गरेको छ।खांडाफलसा पुलिसले बतायो, भोलीबाईको मन्दिर पछाड़ सिंधियों का बास खांडाफलसा निवासी दीपक परिहार, पुत्र तुलसीरामले सो रिपोर्ट दर्ता गराएका हुन्। यसमा बताइएको छ, गत 25 दिसम्बरमा सिंधियों का बास क्षेत्रमा उसको मोबाइलमा अपरिचित नम्बरबाट व्हाट्सएप लिंक आएको थियो। त्यसपछि उसले क्लिंक गर्दा थाहा लाग्यो कि यो कुनै कम्पनीको नम्बर हो र यसले टास्क दिएर ठूलो मुनाफा दिन्छ। शुरूमा कम्पनीको पक्षबाट टास्क पूरा गरिएपछि मुनाफा दिए पनि पछि बिस्तारै उबाट 14 लाख 71 हजार रुपियाँ ठगेर लग्यो। न त मुनाफा पाइयो न त लगानी गरिएको पैसा नै पाइयो। आफू ठगिएको थाहा भएपछि युवकले पुलिसमा धोकाधड़ीको रिपोर्ट दर्ता गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा