कोलकाता, 07 मार्च (हि.स.)। राज्यको सत्तारूढ़ पार्टी तृणमूल कंग्रेसको ध्यान आगामी 26औं विधानसभा चुनाउमाथि केन्द्रित छ। यसलाई ध्यानमा राखेर अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा तृणमूल कंग्रेसले 8 मार्चमा भव्य ऱ्याली आयोजना गर्ने योजना बनाएको छ।
प्राप्त जानकारी अनुसार शनिवार अपरान्ह भव्य ऱायी निलाकिनेछ। यो ऱ्याली कोलकातामा मात्र नभएर राज्यका विभिन्न भागहरूमा आयोजना गरिनेछ जसको तयारी शुरू भइसकेको छ।
तृणमूल सूत्र अनुसार महिला तृणमूलका सदस्यहरू शनिवार अपराह्न तीन बजे रवीन्द्र सदनमा भेला हुनेछन्। ऱ्याली साँझ 4 बजे रवीन्द्र सदनदेखि शुरू भएर डोरिना क्रसिङसम्म पुगेर समाप्त हुनेछ। किनभने वर्तमानमा राज्यभरि नै उच्च माध्यमिक परीक्षा भइरहेको छ। यसलाई मध्यनजर गर्दै पार्टी नेता चन्द्रिमा भट्टचार्य तथा शशि पाञ्जा सहित अन्य पार्टीका महिला विधायक एवं सांसदहरूले माइक्रोफोनमा नारा तथा भाषण दिनका सट्टा पोस्टर र होर्डिङ लिएर मार्च गर्नेछन्। राज्यका सबै जिल्लाहरूमा एउटै समयमा नारा अनि पोस्टर सहित ऱ्याली निकालिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा