कोलकाता, 8 मार्च (हि.स.)। तृणमूल कंग्रेसका राष्ट्रिय महासचिव औ डायमण्ड हार्बरका सांसद अभिषेक ब्यनर्जीको भोटर लिस्टलाई लिएर हुने बैठकको मितिलाई परिवर्तन गरिएको छ। पहिला यो बैठकलाई आगामी 15 मार्चमा तय गरिएको थियो, तर अब 16 मार्च निश्चित गरिएको छ। त्यस दिन अभिषेक ब्यनर्जीले भर्चुअली बैठक गर्नेछन्।
मुख्यमन्त्री ममता ब्यनर्जीले सबैभन्दा पहिला पश्चिम बंगाल विधानसभामा उभिएर ‘भूतेली’ अर्थात नक्कली भोटरहरूको मुद्दालाई उठाएकी थिइन्। त्यसपछि नेताजी इण्डोर स्टेडियममा आयोजित तृणमूल कंग्रेसको मेगा ऱ्यालीबाट पनि उनले यसै मुद्दामा भाजपालाई घेरिन्। उनको आरोप छ, भाजपाले नक्कली भोटरहरूको प्रयोग गरेर आगामी वर्ष 2026-को विधानसभा चुनाउमा आफ्नो जीत सुनिश्चित गर्ने प्रयास गरिरहेको छ।
ममताको दाबी छ, चुनाउ आयोगको समर्थनले भाजपा नेताले यस धाँधलीलाई परिणाम दिरहेको छ। यसैलाई ध्यानमा राखेर तृणमूलले ‘भुतेली’ भोटरहरूको पहिचान गर्नको लागि सांसद सुब्रत बक्सीको अगुवाईमा एउटा कमिटी बनाएको छ जसमा अभिषेक ब्यनर्जी सहित पार्टीका केही वरिष्ठ नेताहरू सामेल छन्।
यस कमिटीको एक बैठक गत बिहीवार तृणमूल भवनमा सम्पन्न भएको थियो, तर अभिषेक ब्यनर्जी त्यसमा सामेल हुन सकेनन्। त्यसपछि उनले आगामी 15 मार्चमा भर्चुअली बैठक डाक्ने घोषणा गरेका थिए, तर अब यो बैठक 16 मार्चमा हुनेछ। यसस बैठकमा प्रदेश कमिटीका सबै सदस्य, सबै जिल्ला अध्यक्ष तथा विभिन्न शाखा संगठनहरूका प्रमुख उपस्थित रहनेछन्। बैठकमा जिल्लाहरूबाट प्राप्त रिपोर्टको समीक्षा गरिनेछ अनि सोही आधारमा अन्तिम रिपोर्ट मुख्मन्त्री ममता ब्यनर्जीलाई सुम्पिइनेछ।
तृणमूल कंग्रेसको दबावपछि शुक्रवार राष्ट्रिय चुनाउ आयुगलाई झुक्नु पऱ्यो। आयोगले आश्वासन दिएको छ, आगामी तीन महिनाभित्रमा भुतेली भोटरहूक पहिचान गरी उनीहरूलाई हटाउने प्रक्रिया शुरू गरिनेछ। तथापि तृणमूल कंग्रेसले प्रश्न उठाएको छ, आखिर तीन महिनामा यो काम कसरी पूरा हुन्छ? यसलाई लिएर पार्टी आगामी 12 मार्चमा चुनाउ आयोग समक्ष आफ्नो आपत्ति दर्ता गराउन जानेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा