सीमान्त चेतना मञ्च पूर्वोत्तरको सीमान्त क्रीड़ा महोत्सव अप्रेलमा आयोजना हुने
सीमान्त चेतना मञ्च पूर्वोत्तरको सीमान्त क्रीड़ा महोत्सव अप्रेलमा आयोजना हुने


गुवाहाटी, 08 मार्च (हि.स.)। अन्तरराष्ट्रिय सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मानिसहरूको शैक्षिक, सामाजिक, सांस्कृतिक औ आर्थिक विकासलाई विकसित गर्ने तथा उनीहरूको मन मस्तिष्कमा देश प्रेम अनि राष्ट्रियताको भावना जागृत एवं वृद्धि गर्ने उद्देश्यले वर्ष 1985-मा राजस्थानको जोधपुरमा सीमा जागरण मञ्च स्थापना गरिएको थियो।

त्यसपछि असमका सीमावर्ती क्षेत्रहरूका गाउँहरूमा विविध प्रकारका कार्यक्रमहरू क्रमैले खेल, सत्संग, जागरूकता सम्बन्धि बैठक, पूर्व-रोज़गार प्रशिक्षण, कौशल विकास योजना आदि जस्ता विभिन्न गतिविधिहरूको माध्यमबाट युवाहरूको आत्मनिर्भरता अनि साहसलाई बढ़ाउनको लागि वर्ष 2008-मा धुबड़ी जिल्लामा सीमान्त चेतना मञ्च पूर्वोत्तरको जन्म भयो। यस मञ्चले आफ्नो स्थापना कालदेखि नै सीमावर्ती क्षेत्रका विभिन्न रचनात्मक पक्षहरूमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ।

“सीमान्त क्रीड़ा महोत्सव-25” का अध्यक्ष प्रदीप कुमार, आईपीएस (सेवानिवृत्त) औ महासचिव चन्दन कुमार नाथले आज एक बयानमा बताएका छन्, सुरक्षा, आत्मनिर्भरता एवं एकताको मूलतन्त्रलाई आत्मसाथ गर्दै सीमान्त चेतना मञ्च पूर्वोत्तरले सीमान्तवासीहरूको हितमा काम गर्दै आइरेको छ। निर्धारित वार्षिक कार्यसूची अन्तर्गत सीमान्त क्रीड़ा महोत्सवको आयोजन एक अहम पहल हो।

एकता तथा देशप्रेमको भावनालाई मध्यनजर गर्दै असमका सीमावर्ती क्षेत्रहरू संलग्न 20 किलोमीटरभित्र अवस्थित सब जूनियर (14 वर्षदेखि 17 वर्षसम्म) औ जूनियर (17 वर्षदेखि 20 वर्षसम्म) दुईवटा ग्रुपमा खेलाड़ीहरूलाई सहभागी गराएर “सीमान्त क्रीड़ा महोत्सव- 25 आगामी अप्रेल महिनाको 08, 09, तथा 10-मा गुवाहाटीको सरुसजाईस्थित इन्दिरा गान्धी एथलेटिक स्टेडियममा आयोजना गरिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande