उत्तर दिनाजपुर, 8 मार्च (हि.स.)। परालको थुप्रोबाट एकजना मानिसको जलेको शव भेटिएको छ। शनिवार जिल्लाको हेमताबाद ब्लक अधिनस्थ धमारी गाउँमा यस घटनाको कारणले कोकोहोलो मच्चियो। बिहान मर्निंग वक गर्न हिँड़ेका मानिसहरूले परालको थाकमा मानिसको जलेको शवलाई देखे। छेवैमा स्कुटी पनि थियो। त्यसपछि हेमताबाद थानालाई सूचित गरियो।
हेमताबाद पुलिस थानाका आईसी सुजित लामा, रायगञ्ज पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक कु्न्तल बन्धोपाध्याय अनि अन्य वरिष्ठ पुलिस अधिकारी घटनास्थलमा पुगे। घटनास्थलबाट पुलिसले नमूना पनि संग्रह गऱ्यो जसलाई फोरेन्सिक जाँचको निम्ति पठाइएको छ। मृतकको पहिचान अहिलेसम्म हुन सकेको छैन। यस कुरालाई लिएर पनि असमञ्जस्यताको स्थिति छ कि उक्त व्यक्तिले आत्महतया गरेका हुन् वा कसैले हत्या गरिदिएको। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर घटनाको जाँच शुरू गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा