गुवाहाटी, 08 मार्च (हि.स.)। गुवाहाटी नगरको पान बजार पुलिसले हेरोइन तस्करीको मामिलामा सामेल एकजना महिला तस्करलाई पक्राउ गरेको छ।
पुलिसले शनिवार बतायो, गुप्त सूचनाको आधारमा थाना क्षेत्रको दुई नम्बर रेल गेट नजिक संचालित अभियानमा आठवटा प्लास्टिकका स-सानो कन्टेनरमा भरेर राखिएको 16.11 ग्राम हेरोइन जफ्त गरियो। यस मामिलामा महिला तस्करलाई पक्राउ गरिएको छ।
पक्रा पर्ने तस्करको पहिचान दुर्गा दास (19, गोलाघाट)- को रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एनडीपीएसको धारा अन्तर्गत एक प्राथमिकी दर्ता गरी आरोपीसित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा