तीन महिनामा कसरी हुन्छ डुप्लिकेट मुक्त भोटर लिस्ट? जवाफ माग्न चुनाउ आयोग पुग्यो तृणमूलको प्रतिनिधिमण्डल
तीन महिनामा कसरी हुन्छ डुप्लिकेट मुक्त भोटर लिस्ट? जवाफ माग्न चुनाउ आयोग पुग्यो तृणमूलको प्रतिनिधिमण्डल


कोलकाता, 8 मार्च (हि.स.) । तृणमूल कंग्रेस (टीएमसी)-ले 'भुतेनी' अर्थात डुप्लिकेट भोटहरूको मुद्दामा दिल्लीमा चुनाउ आयोगमाथि दबाव बढ़ाउने तयारी गरेको छ। राष्ट्रिय चुनाउ आयोग (ईसीआई)-ले हालैमा घोषणा गरेको थियो, आगामी तीन महिनाभित्रमा डुप्लिकेट ईपीआईसी नम्बर हटाइयोस्। यसै मुद्दामा तृणमूलको संसदीय प्रतिऩिधिमण्डलले आगामी मंगलवार चुनाउ आयोग समक्ष पुगेर ज्ञापन सु्म्पिनेछ।

तृणमूल सांसद डेरेक ओ'ब्रायन औ कल्याण ब्यनर्जीको नेतृत्वमा पार्टीका दशजना सांसदहरूले नवनियुक्त मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारसित भेट गरेर प्रश्न गर्नेछन्, तीन महिनाभित्रमा डुप्लिकेट ईपआईसी नम्बरलाई हटाउन कसरी सम्भव हुन्छ र आयोगसित यसको के खाका छ?

पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले सबैभन्दा पहिला विधानसभामा 'भुतेनी' भोटरको मुद्दा उठाएकी थिइन्। त्यसपछि नेताजी इण्डोर स्टेडिममा आयोजित तृणमूलको मेगा ऱ्यालीमा पनि उनले यसमाथि प्रश्न उठाएकी थिइन्। ममताको आरोप छ, भारतीय जनता पार्टी (बीजेपी)-ले नक्कली भोटरहरूको प्रयोग गरी आगामी वर्ष 2026-को विधानसभा चुनाउ जित्ने प्रयास गरिरहेको छ। उनले दाबी गरिन्, भाजपालाई चुनाउ आयोगको 'आशिर्वाद' प्राप्त भएको छ।

यसै मुद्दामा तृणमूल सांसद सुब्रत बक्सीको अध्यक्षतामा एउटा कमिटी गठन गरिएको छ जसमा अभिषेक ब्यनर्जी सहित पार्टीका अन्य शीर्ष नेताहरू सामेल छन्। आगामी मंगलवार डेरेक ओ'ब्रायन, कल्याण ब्यनर्जी, काकली घोष दस्तीदार, सागरिका घोष, कीर्ति आजाद समेत दशजना तृणमूल सांसदहरूले चुनाउ आयोगलाई ज्ञापन सुम्पिनेछन्।

यसबीच सोमवारदेखि संसदको बजेट सत्र पनि शुरू भइरहेको छ जहाँ तृणमूलले यस मुद्दालाई संसदभित्र अनि बाहिर दुवै ठाउँ व्यापक रूपमा उठाउने योजना बनाइरहेको छ। पार्टीको उद्देश्य छ, यस मुद्दामा विपक्षलाई एकजुट बनाएर भाजपाविरूद्ध दबाव बनाउने।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande