भारत विश्वको सबैभन्दा द्रूत गतिमा बढ़्दो अर्थव्यवस्था होः विजेन्द्र गुप्ता
भारत विश्वको सबैभन्दा द्रूत गतिमा बढ़्दो अर्थव्यवस्था होः विजेन्द्र गुप्ता


नयाँ दिल्ली, 08 मार्च (हि.स.)। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले शनिवार दिल्ली विश्वविद्यालय (डीयू)- को श्रीराम कलेज अफ कमर्समा आयोजित बिजनेस कनक्लेभमा भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारत आज विश्वको सबैभन्दा द्रूत गतिमा बढ़्दो अर्थव्यवस्था भएको छ। विजेन्द्र गुप्ताले भने, हामी आज एउटा स्तो भारतको कुरा गर्नको लागि भेला भएका छौं जुन अवसरहरूको धरती हुनका साथै सेन्टर अफ इन्भेन्शन पनि हो साथै विकासको नयाँ उच्चता छुनको लागि तत्यर छ। भारत एउटा देश मात्र नभएर सम्भावनाको महासागर हो।

गुप्ताले भने, बिजनेस कन्क्लेभ श्रीराम कलेजको प्रतिष्ठित वार्षिक प्रबन्धन उत्सह हो। यसलाई एशियाकै सबैभन्दा विराट स्नातक प्रबन्धन उत्सवहरूमध्ये एक मानिन्छ। विधानसभा अध्यक्षले भने, भारतमा हरेक क्षेत्रमा अरबौं डलरको अवसर छ। हामीसित 1.4 अरब मानिसहरूको विशाल जनसंख्या छ। हरेक व्यापारको लागि ग्राहक पहिलाबाटै उपस्थित छ। त्यसैले भारत विश्वको सबैभन्दा द्रूत गतिमा बढ़्दो अर्थव्यवस्था हो। भारत आज एआई अप्नाउनमा अग्रणी छ जहाँ 80 प्रतिशत कन्पनीहरूले यसलाई प्राथमिक रणनीतिको रूपमा हेरिरहेका छन्। उनले भने, पछिल्लो दश वर्शमा हरेक दिन 50 स्टार्टअप्स भारतमा पञ्जीकृत भएका छन्। हरेक महिना एउटा नयाँ यूनिकर्न स्टार्टअप जन्मिरहेको छ।

विकासमा महिलाहरूको योगदानको चर्चा गर्द गुप्ताले भने, भारतको प्रगति केवल आर्थिक औ तकनिकी क्षेत्रसम्म सीमित छैन। महिला सशक्तिकरममा पनि भारत द्रूत गतिमा अघि बढ़िरहेको छ। आज अन्तरराष्ट्रिय महिला दिवस हो र ो हाम्रो लागि गर्वको कुरा हो कि भारत अब महिला विकासदेखि महिला नेतृत्वको विकास तर्फ अगाड़ि बढ़िरहेको छ। विजेन्द्र गुप्ताले भारतको एआई क्रान्तिको उल्लेख गर्दै भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतले पहिलो पटक एआई इकोसिस्टमलाई प्रत्यक्ष रूपमा समर्थन गरिरेहको छ। सबैभन्दा महत्वपूर्ण कुरा के हो भने भारतले जीपीयू मार्केटप्लेस खोलेर एक ऐतिासिक कदम उठाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande