बीएसएफ फ्रण्टियर मुख्यालयमा मनाइयो अन्तरराष्ट्रिय महिला दिवस
बीएसएफ फ्रण्टियर मुख्यालयमा मनाइयो अन्तरराष्ट्रिय महिला दिवस


गुवाहाटी, 08 मार्च (हि.स.)। सीमा सुरक्षा बल (बीएसएफ)- को फ्रण्टियर मुख्यालय गुवाहाटी औ यस अन्तर्गत सबै सेक्टर एवं बटालियनहरूद्वारा “एक्शनलाई तीव्र बनाऔं’’ थीममा अन्तरराष्ट्रिय महिला दिवस मनाइयो। यस अवसरमा महिलाहरूको समावेशिता, सामूहिकता, प्रासंगिकता तथा सशक्तिकरणलाई प्रेरित गर्नेमाथि बल दिइयो।

बीएसएफ फ्रण्टियर मुख्यालय गुवाहाटीमा वन्दना गौर लगायत ठूलो संख्यामा महिला प्रहरीहरूले विभिन्न कार्यक्रमहरू आयोजना ग रेर महिलला दिवस मनाए। वन्दना गौरले महिला दिवसको महत्वलाई रेखांकित गरिन् तथा विभिन्न क्षेत्रहरूमा महिलाहरूद्वारा प्राप्त गरिएका उपलब्धिहरूमाथि प्रकाश पारिन्।

उनले भनिन्, आजको युगमा प्रत्येक महिला शिक्षित हुनुपर्छ जुन देश तथा समाजको समग्र विकासमा सहायक साबित हुनेछ। उनले भनिन्, सीमा सुरक्षा बलका महिला प्रहरीहरूले आफ्ना पुरूष सहकर्मीहरू समान कर्तव्य निर्वहन गरिरहेका छन् तथा राष्ट्र सेवामा महत्वपूर्ण योगदान दिरहेका छन्। यस अवसरमा रंगारंग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande