सीतापुरमा पत्रकारको गोली ठोकी हत्या
सीतापुरमा पत्रकारको गोली ठोकी हत्या


सीतापुर, 08 मार्च (हि.स.)। जिल्लाको इमलिया सुलतानपुर थाना क्षेत्रमा गए शनिवार एकजना पत्रकारको गोली ठोकी हत्या गरियो। पुलिस यस मामिलाको जाँचमा जुटेको छ।

महोली निवासी राघवेन्द्र बाजपेयी एक समाचार पत्रसित जोड़िएका थिेए। शनिवार तिनी कतै गइरहेको समय नेरी नजिक ओभरब्रिज अगाड़ि पुगेपछि अज्ञात उपद्रवीहरूले उनीमाथि गोली दागे। पुलिसले घाइते पत्रकारलाई उद्धार गरी उपचारको निम्ति अस्पतालमा पुऱ्यायो जहाँ डाक्टरहरूले तिनलाई मृत घोषित गरिदिए।

पत्रकारले जमीनसित सम्बन्धित खबरमा लेखपालहरूको मिलोमतोलाई आफ्नो समाचार पत्रमा उजागार गरेका थिए। जाँचमा लेखपालमाथि जिल्ला प्रशासनद्वारा कारबाही शुरू गरिएको थियो। यस मामिलामा पछिल्ला केही दिनदेखिकै पत्रकारलाई धम्कीहरू आइरहेको थियो। पत्रकारले अप्रिय घटना घट्ने आशंका पनि व्यक्त गरेका थिए। पुलिसले सबै बिन्दुहरूलाई संज्ञानमा लिएर जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande