ड्रग्स तस्करीको आरोपमा एक पक्राउ
ड्रग्स तस्करीको आरोपमा एक पक्राउ


नयाँ दिल्ली, 8 मार्च (हि.स.)। दिल्ली पुलिसको क्राइम ब्रांञ्चले बरेली ड्रग सिन्डिकेटसित सम्बन्धित एकजना तस्करलाई पक्राउ गऱ्यो। तस्करको पहिचान गाउँ मनोना बरेली निवासी निजामुद्दीन उपनाम ​​निजाम (35)- को रूपमा भएको छ। क्राइम ब्राञ्चकी डीसीपी अपूर्व गुप्ताले शनिवार बताइन्, क्राइम ब्राञ्चको एन्टी-नारकोटिक्स टास्क फोर्स (एएनटीएफ)-ले ड्रग तस्करीमाथि कारबाही गर्दै ड्रग सिन्डिकेटका एकजना प्रमुख सदस्य निजामुद्दीनलाई पक्राउ गरेको छ। डीसीपी अनुसार गत 5 मार्चमा क्राइम ब्राञ्चको टीमले जीटीबी अस्पताल नजिकबाट लल्ला बाबूलाई पक्राउ गरेको थियो। पुलिसले लल्ला बाबूको कब्जाबाट 502 ग्राम हेरोइन जफ्त गरेको थियो। जाँचमा थाहा लाग्यो, लल्ला बाबूले हेरोइन निजामुद्दीनबाट लिएर आउँथ्यो अनि दिल्लीको नन्द नगरी निवासी विजय र जिदेश उपना जितुलाई दिन्थ्यो। आरोपी लल्ला बाबूले बताए अनुसार पुलिसले जितेशलाई 125 ग्राम हेरोइनसितै समात्यो भने विजय घटनास्थलबाट भाग्न सफल भएको थियो। पुलिसले उसको कारबाट 99 ग्राम हेरोइन जफ्त गरेको थियो। लल्ला बाबूसित जाँचबुझ गर्दा थाहा लाग्यो, जफ्त गरिएको प्रतिबन्धित पदार्थ निजामुद्दीन उपनाम निजामले उसलाई दिन्थ्यो। यसबीच क्राइम ब्राञ्चको टीमलाई सूचना प्राप्त भयो, आरोपी निजामुद्दीन श्याम लाल कलेज शाहदरा नजिक कसैसित भेट गर्न आइरहेको छ। सूचनालाई पुख्ता गरेर पुलिसको टीमले आरोपीलाई समात्यो। हाल पुलिसले निजामुद्दीनसित जाँचबुझ गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande