नयाँ दिल्ली, 8 मार्च (हि.स.)। दिल्लीका नवनिर्वाचित विधायकहरूको लागि आयोजित ओरिएन्टेशन कार्यक्रमलाई अब आगामी 18 एवं 19 मार्चमा पुनर्निर्धारित गरिएको छ। यस दुई दिवसीय कार्यक्रमको उद्घाटन लोकसभा अध्यक्ष ओम बिरलाले गर्नेछन्। यो कार्यक्रम नवनिर्वाचित विधायकहरूको लागि एक महत्वपूर्ण कुराहरू सिक्ने अवसर हुनेछ। यसपूर्व विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले लोकसभा अध्यक्ष ओम बिरलासित भेट गरी उनलाई यस कार्यक्रमको उद्घाटनको लागि औपचारिक रूपमा आमन्त्रण गरेका थिए।
यस ओरिएन्टेशन कार्यक्रमको उद्देश्य विधायकहरूलाई विधायी प्रक्रिया, संसदीय आचरण औ शासन प्रणाली बारे जानकारी गराउनु हो। इन्टरेक्टिभ सत्र, विशेषज्ञ चर्चा तथा ज्ञान-विनिमय मञ्चको माध्यमबाट यो कार्यक्रम विधायकहरूलाई उनीहरूको दायित्व र जिम्मेवारीप्रति विस्तृत ज्ञान दिइनेछ जसबाट उनीहरूले विधानसभामा प्रभावशाली सहभागिता सुनिश्चित गर्न सकुन्। यस पहलको बारेमा विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले विधायकहरूलाई उनीहरूको जिम्मेवारीको लागि तयार बनाउने महत्वमाथि बल दिए।
उनले भने, यो ओरिएन्टेशन कार्यक्रम नवनिर्वाचित विधायकहरूलाई आवश्यक ज्ञान तथा कौशल प्रदान गर्नको लागि तयार गरिएको छ जसबाट उनीहरूले विधानसभामा प्रभावकारी रूपमा कार्य गर्न सकुन्। यसले उनीहरूाई संसदीय प्रक्रिया, विधायी मसौदा तथा सार्थक बहसहरूको महत्वलाई बुझ्नमा सहयोग गर्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा