इम्फाल, 08 मार्च (हि.स.) मणिपुर पुलिस औ सुरक्षा बलहरूले विभिन्न स्थानहरूमा छापा मारेर अलग-अलग संगठनहरूका सातजना विद्रोहीहरूलाई पक्राउ गरेको छ। पुलिसले शनिवार बतायो, यिनीहरूबाट केही आपत्तिजनक सामान जफ्त गरिएको छ। यस अतिरिक्त तेंग्नौपाल जिल्लामा तीनवटा अवैध बंकरलाई ध्वस्त बनाइएको छ।
पक्रा पर्ने उग्रवादीहरूमध्ये एकजनाको पहिचान केसीपी (तैबंगनबा) विद्रोही गुटका मयांगलंबम बोरिश सिंह (24)- को रूपमा भएको छ जसको कब्जाबाट एउटा रेडमी 13सी 5जी मोबाइल फोन जफ्त गरियो। यस अतिरिक्त इम्फालको बीर टिकेन्द्रजीत अन्तरराष्ट्रिय हवाईअड्डाको गेट नजिकबाट केसीपी (पीडब्ल्यूजी) संगठनका सदस्य थौदम प्रेमकुमार सिंह (38)-लाई पक्राउ गरियो जसबाट एउटा ब्राउन साइड ब्याग, दुईवटा मोबाइल ह्याण्डसेट, एउटा आधार कार्ड र एउटा एयरटेल पेमेन्ट ब्यांक डेबिट कार्ड जफ्त गरियो।
यसरी नै रिम्स मेन गेट, लम्फेल नजिकबाट केसीपी (पीडब्ल्यूजी)- का दुईजना विद्रोहीहरू क्रमैले मोइरांगथेम जीबन सिंह (27) औ लैशराम टीकेन सिंह (40)-लाई पक्राउ गरियो भने यिनीहरूबाट दुुईवटा मोबाइल ह्याण्डसेट, एउटा आधार कार्ड अनि नगद 50,130 रुपियाँ जफ्त गरियो जसमा 50,000 रुपियाँ असुल गरिएको रुपियाँ थियो। पीआरईपीएके संगठनका एकजना विद्रोही निंगथौजम धनञ्जयलाई पनि पक्राउ गरियो जसको कब्जाबाट एउटा मोबाइल फोन, एउटा सिम कार्ड, एउटा आधार कार्ड, एउटा वालेट, एउटा आरसी बुक, एक हजार रुपियाँ नगद र टाटा नेक्सन कार जफ्त गरियो।
यसबाहेक तेंग्नौपाल जिल्लाको मोरेहमा लोकचाओ नदी नजिक बीपी-77 बाट केवाईकेएल संगठनका दुई सक्रिय सदस्य क्रमैले केशाम नाओचा उपनाम निंगसिंगबा (38) औ निंगथौजम सञ्जय (18)-लाई पक्राउ गरियो। तेंग्नौपाल जिल्लाको माछी थाना क्षेत्रको पेल्यांग गाउँमा तीनवटा अवैध बंकरहरूलाई सुरक्षा बलहरूले ऩष्ट गरिदिए। यस मामिलामा पुलिसले अग्रिम जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा