ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको नयॉं कार्यकारी समिति गठित
ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको नयॉं कार्यकारी समिति गठित


गान्तोक, 08 मार्च (हि.स.)। ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमको नयॉं कार्यकारी समिति गठन गरिएको छ। 2025-26 को निम्ति समिति गठनलाई लिएर आज पाल्जोर स्टेडियम परिसरमा चुनाउ सम्पन्न गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

चुनाउ प्रक्रियामा कुल 58 जना सहभागी बनेको बताइएको छ। चुनाउमा 9 वटा जिल्लाका सम्बद्ध क्लब र संघका प्रतिनिधिहरूले भाग लिए। चुनाउपछि जेकब राईलाई संगठनको नयॉं अध्यक्ष घोषणा गरिएको छ।

नयॉं समितिले राज्यमा ब्याडमिन्टन खेलको विकासको निम्ति प्रतिबद्धता प्रकट गरेको छ। समितिले सबै खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अवसर प्रदान गर्नुका साथै पूर्वाधार विकास र प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने बताएको छ। संगठनले सबै नवनिर्वाचित सदस्यहरूलाई बधाई दिॅंदै सफल कार्यकालको निम्ति शुभकामना दिएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande