कोलकाता, 8 मार्च (हि.स.) । पश्चिम बंगालका विश्वविद्यालयहरूमा कुनै पनि प्रकारको आपतकालीन स्थितिमाथि निगरानी राख्न तथा समाधान गर्ने उद्देश्यले एक भिन्नै प्रकोष्ठ गठन गरिनेछ। यो जानकारी शनिवार राजभवनसित सम्बन्धित एकजना अधिकारीले दिएका हुन्।
अधिकारीले बताए, राज्यपाल सीवी आनन्द बोसले शुक्रवार राज्यका विभिन्न सरकारी विश्वविद्यालयहरूका कार्यवाहक कुलपतिहरूसित एक महत्वपूर्ण बैठक गरे। यो बैठक जादवपुर विश्वविद्यालमा भएको हिंसाको पृष्ठभूमिमा आयोजना गरिएको थियो जसमा निर्णय लिइएको छ, क्याम्पसमा सम्भावित विवादहरूको निगरानी तथा समाधानको लागि संकट प्रबन्धन प्रकोष्ठ (क्राइसिस म्यानेजमेंट सेल) स्थापना गरिनेछ।
बैठकमा 18 वटा विश्वविद्यालयहरूका कार्यवाहक कुलपति उपस्थित भए जुन बैठक एक घण्टाभन्दा अधिक समयसम्म चल्यो। बैठकमा विश्वविद्यालहरूको संचालन तथा हालका घटनाहरूमाथि चर्चा गरियो। बैठकमा आग्रह गरियो, विश्वविद्यालयहरूमा पहिलाबाटै रहेका निगरानी प्रकोष्ठ, परामर्श प्रकोष्ठ औ अनुशासन समितिहरूलाई प्रभावकारी रूपमा सक्रिय बनाइयोस्। यस अतिरिक्त संंक्षिप्त अवधिमा संकट प्रबन्धन प्रकोष्ठ स्थापना गर्ने निर्णय लिइयो जसले हिंसक घटनाहरूमाथि तत्काल प्रतिक्रिया दिनको लागि समर्पित टीमहरूसित कार्य गर्नेछ।
यसान्तर्गत विश्वविद्यालय परिसरहरूमा सीसीटीभी क्यामराको संख्या बढ़ाइनेछ साथै सुरक्षा कर्मीहरूको तैनाथीलाई बढ़ाइन्छ। दीर्घकालीक योजनाको रूपमा विवाद समाधान तन्त्र अनि मध्यस्थता प्रतिक्रियाहरूलाई विकसित गर्नेमाथि पनि सहमति भयो जसबाट विद्यार्थी एवं शिक्षकहरूबीचको मतभेदलाई शान्तिपूर्ण ढंगमा सुल्झाउन सकियोस्।
बैठकमा मानसिक स्वास्थ्य सहायता सेवाहरूको विकासमाथि पनि चर्चा भयो जसमा विद्यार्थी, शिक्षक एवं गैर-शिक्षण कर्मचारीहरूको लागि विशेष सुविधा प्रदान गरिनेछ। साथै आपतकालीन सूचनाहरूको लागि एक मोबाइल एप विकसित गर्ने निर्णय लिइयो जसबाट कुनै पनि आपत स्थिति, जोखिम एवं सुरक्षा चिन्ताको जानकारी विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई तत्काल प्राप्त हुन सकोस्।
यस अतिरिक्त आर्टिफिशियल इन्टेलिजेन्स (एआई)-को सहयोगमा सोशल मीडिया तथा अन्य डिजीटल प्लेटफर्म्सको निगरानी गर्ने योजना बनाइयो जसबाट सम्भावित खतराको पहिचान गर्न सकियोस्। राज्यपालले विश्वविद्यालय प्रशासन, कानून प्रवर्तन एजेन्सी तथा सराकरी विभागहरूबीच श्रेष्ठ समन्वयमाथि बल दिए ताकि कुनै पनि स्थितिको सामना गर्न सकियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा