पुलिसले कुख्यात उपद्र्वीलाई समात्यो
पुलिसले कुख्यात उपद्र्वीलाई समात्यो


नयाँ दिल्ली, 8 मार्च (हि.स.)। दक्षिण पश्चिम जिल्लाको सफदरजंग एन्क्लेव थाना पुलिसले एकजना उपद्रवीलाई पक्राउ गरेको छ। उक्त उपद्रवीको पहिचान आरके पुरम सेक्टर-12 निवासी सन्तोष उपनाम ​बंगाली (43)-को रूपमा भएको छ।

जाँचमा थाहा लागे अनुसार आरोपी सन्तोष पहिलाबाटै घरहरूमा चोरी, आर्म्स एक्ट सहित 30 मामिलाहरूमा सामेल रहिसकेका छन् जो सफदरजंग एन्क्लेव थाना पुलिसको घोषित उपद्रवी समेत हो। पुलिसले उसको कब्जाबाट चोरी गरिएको ताँबाको पाइप जफ्त गरेको छ।

दक्षिण पश्चिम जिल्लाका डीसीपी सुरेन्द्र चौधरीले बताए, सफदरजंग एन्क्लेव थाना पुलिसले क्षेत्रमा चोरीका घटनाहरूमाथि लगाम लगाउको लागि लगातार अभियान चलाइरहेको छ। पुलिस टीमले हालैमा चोरीका घटनाहरू भएको स्थानमा सीसीटीभी क्यामराको विश्लेषण गरिरहेको थियो। त्यतिकैमा पुलिसले एम्स ट्रमा सेन्टर अस्पताल परिसरको एउटा क्यामरामा एकजना चोरलाई देख्यो।

पुलिसले आरोपीको पहिचान गरी उसलाई टावर फ्याक्ट्री रोड नजिकबाट समात्यो। जाँचबुझमा आरोपीले एम्स ट्रमा सेन्टरमा चोरी गरेको स्वीकार गऱ्यो। आरोपीले स्वीकार गऱ्यो कि गत 1 मार्चमा एम्स ट्रमा सेन्टरको ओटी नजिक ताँबाको पाइप चोरी गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande