कोलकाता, 8 मार्च (हि.स.)। जादवपुर विश्वविद्यालयमा जारी विवादलाई लिएर राजनीति गर्मिंदै गइरहेको छ। तृणमूल कंग्रेस तथा वामपन्थी संगठनबीच आरोप-प्रत्यारोपको सिलसिलाले रोकिने नाम लिएको छैन। अब तृणमूल सांसद सायनी घोषले यस मुद्दामा कड़ा चेताउनी दिएकी छन्।
उनले भनिन्, मुख्यमन्त्री ममता ब्यनर्जी अत्यन्त सहनशील छन्, त्यसैले अहिलेसम्म जादवपुरमा पुलिस पठाइएको छैन। तर यदि यसरी नै गुण्डागिरी भइरहे विश्वविद्यालयको प्रसिद्धि माटोमा विलिन हुनेछ।
सायनी घोष बाहेक तृणमूलका वरिष्ठ नेता मदन मित्राले पनि एफआईआरमाथि तीव्र प्रहार गरेका छन्। उनले भने, जुन दिशामा घटनाक्रम बढ़िरहेको छ, त्यसलाई हेर्दा यस्तो लाग्छ कि एसएफआईका नेताहरू स्वयं आफ्नो घरमा सुरक्षित रहनेछन् कि छैनन्, यसमाथि सन्देह छ।
शनिवार जादवपुर विश्वविद्यालयमा पश्चिम बंगालका शिक्षा मन्त्री ब्रात्य बसुमाथि आक्रमण भएपछि तृणमूलले लगातार एसएफआईमाथि प्रहार गरिरहेको छ। त्यस सरात तृणमूल कंग्रेसले विरोध मार्च निकालेको थियो जसमा सायनी घोष पनि सामेल भएकी थिइन्। अब फेरि उनले चेताउनी दिँदै भनिन्, यदि मुख्यमन्त्रीले चाहेको भए पुलिसले धेरै कुरा गर्नसक्थ्यो। 34 वर्षसम्म जारी वाम शासनको गुण्डागिरीलाई उनले नै सिद्धाएकी थिइन्।
मदन मित्राले एसएफआईमाथि प्रहार गर्दै भने, यदि स्थिति यस्तै रहे एसएफआईका नेताहरूले आफूलाई आफ्नो घरमा सुरक्षित राख्न सक्नेछन् कि छैनन्, यसको चिन्ता गर्नुपर्छ। यसपूर्व उनले चेताउनीपूर्ण भाषामा भनेका थिए, हामी ममता ब्यनर्जीलाई हेरिरहेका छौं, त्यसैले मौन छौं। तर यदि बोल्न शुरू गऱ्यौं भने धेरै अगाड़ि पुग्नेछौं।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा