कोलकाता, 8 मार्च (हि.स.)। अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले महिलाहरूको अधिकार तथा समानतामाथि बल दिँदै भनिन्, महिलाहरूलाई एक दिनको लागि मात्र सम्मान जनाउने आवश्यकता छैन जबकि हरेक दिन उनीहरूको हो। उनले आफ्नो सन्देशमा महिलाहरूलाई आफ्नो शक्तिलाई चिन्ने अनि आत्मनिर्भर बन्ने आह्वान गरिन्।
शनिवार मुख्यमन्त्री ब्यनर्जीले एक्समा पोस्ट गरी भनिन्, हरेक महिलामा आफ्नो संसार परिवर्तन गर्ने शक्ति छ। उनले आमा-दिदी-बहिनीहरूसित अपील गर्दै भनिन्, महिलाहरूले आफ्नो शक्तिलाई चिन्ने सही समय यही हो। उनले भनिन्, हामी कोहीभन्दा कमजोर छैनौं, न त कोहीभन्दा कम। शारीरिक शक्तिभन्दा अधिक महत्वपूर्ण छ हाम्रो आन्तरिक संबल, दृढ़ संकल्प तथा चुनौतीहरूको सामना गर्ने साहस। यसैले तय गर्दछ कि हामीले आफ्नो लड़ाईँ चाँड़ै जित्नसक्छौं।
मुख्यमन्त्रीले समानताको वकालत गर्दै भनिन्, दुनियाँका हरेक व्यक्तिलाई चाहे उसको लिंग जे नै भए पनि, अगाड़ि बढ़्ने पूर्ण अधिकार छ। उनले महिलाहरूलाई आफ्नो क्षमतालाई चिनेर अगाड़ि बढ़्नको लागि प्रेरित गरिन्। ममता ब्यनर्जीले भनिन्, हामी सबैलाई यस संसारमा आफ्नो हकको अंश प्राप्त हुनुपर्छ। हामी कुनै देवी वा पूजनीय रूपमा छैनौं जबकि समान अधिकारवाला मानिसको रूपमा हेरिनुपर्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा