गुवाहाटी, 08 मार्च (हि.स.)। गुवाहाटी नगरको पान बाजार पुलिसको टीमले मोबाइल फोन चोरी गरेको मामिलामा तीनजना चोरहरूलाई पक्राउ गरेको छ। पुलिसले शनिवार बतायो, थाना क्षेत्रको गुवाहाटी रेलवे स्टेशनको पार्किंग क्षेत्रमा गुप्त सूचनाको आधारमा अभियान संचालन गरी दुईवटा चोरीका एण्ड्रोइड मोबाइल फोन सहित तीनजना चोरहरूलाई पक्राउ गरिएको छ। यी मोबाइल चोरहरूको पहिचान निपू नाथ (20), इंतब अली (20) औ सूजन दास (26)-को रूपमा गरिएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी तीनैजनासित जाँचबुझ गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा