जालौन, 8 मार्च (हि.स.)। जालौनको जिल्ला एवं सत्र न्यायालयले उद्देश्यहीन हत्याको एक मामिलामा महत्वपूर्ण फसेला सुनाएको छ। जिल्ला न्यायाधीश अचल सचदेवले पाँचजना आरोपीहरूलाई दोषी ठहर गर्दै सात-सात वर्षको कारावासको सजाय सुनाएका छन्।
मामिला सिरसा कलार थाना क्षेत्रको जखा गाउँको हो। गत 12 मार्च, 2024-मा खेतको विवादलाई लिएर राजू चौहान र तिनका छोराहरू क्रमैले शिवम, सत्यम, किशन र पप्पूले परशुराम र तिनकी छोरी नेहासित कुटपिट गरेका थिए। परशुरामको शिरमा गम्भीर चोट लागेको थियो। अघिल्लो दिन मेडिकल कलेजमा उपचार गर्ने क्रममा तिनको मृत्यु भयो।
मृतकका पुत्र चतुर सिंहको सिकायतमा पुलिसले उद्द्श्यहीन हत्याको मामिला दर्ता गरायो। सबै आरोपीहरूलाई पक्राउ गरी जेलमा पठाइयो। एक वर्षसम्म चलेको मुद्दामा गवाहहरूको बयान अनि प्रमाणहरूको आधारमा कोर्टले सबै आरोपीहरूलाई दोषी पायो।
जिल्ला शासकीय अधिवक्ता लखनलाल निरञ्जन अनुसार कोर्टले सबै दोषीहरूमाथि 36-36 हजार रुपियाँको जरीमाना पनि लगाएको छ। जरीमाना तिर्न नसके उनीहरूलाई अतिरिक्त कारावासको सजाय दिइनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा