पाकिम, 08 मार्च (हि.स.)। अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आज अतिरिक्त जिल्लापाल (विकास) पाकिमको कार्यालयले एक कार्यक्रम आयोजना गरेर जिल्लाका महिलाहरूको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान जनाउने कार्य गरेको छ। उक्त कार्यक्रम पाकिमलाई एउटा नमुना जिल्लामा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने महिलाहरू, पाकिम जिल्लाका कार्यालय प्रमुखहरू र जिल्ला तथा पञ्चायत अध्यक्षहरूले गरेका अथक परिश्रमको प्रशंसा रहेको बताइएको छ।
उक्त कार्यक्रम रानीपुल नजिक सरम्सा उद्यानमा गरिएको थियो। जिल्लापाल रोहन अगावानेले महिलाहरूको योगदानलाई स्वीकार गर्दै प्रशंसापत्र प्रदान गरे। जिल्लापालको साथमा अतिरिक्त जिल्लापाल (विकास) रबिन सेवा र खण्ड विकास अधिकारीहरू पनि उपस्थित थिए।
आफ्नो सम्बोधनमा एडीसी सेवाले यस क्षेत्रका महिलाहरूको असाधारण प्रयास र दृढताको प्रशंसा गरे। उनले समग्र समाजको उत्थानमा महिलाहरूको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै महिलाहरूले आफ्नो परिवारमा मात्र योगदान गर्दैनन्, तर समुदायको उन्नतिमा पनि महत्त्वपूर्ण भूमिका खेल्छन् भनी बताए।
हिन्दुस्थान समाचार / बिशाल