पाकिम, 08 मार्च (हि.स.)। सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत आज कुटिटार आरिगाउॅंमा नवनिर्मित घरको उद्घाटन गरियो। यस अवसरमा पञ्चायत, रिनाकका बीडीओ, रिनाक बीएसीबाट कनिष्ट अभियन्ताहरूको टीम र स्थानीय मानिसहरू उपस्थित थिए।
जानकारी अनुसार, उक्त नवनिर्मित घर स्व. देवलाल प्रधानकी पत्नी स्व. मिठू प्रधानको नाममा आवण्टित थियो। तर, दुर्भाग्यवश घरको निर्माण चलिरहॅंदा लाभार्थी प्रधानको निधन भयो।
यो घर लाभार्थीका तीन अनाथ नानीहरूलाई हस्तान्तरण गरिएको बताइएको छ। यो घर उनीहरूको निम्ति ठूलो आशीर्वाद बनेको छ। लाभार्थीहरूले मुख्यमन्त्री पीएस तामाङलाई धन्यवाद दिएका छन्।
लाभार्थीहरूलाई नवनिर्मित घरसहित फर्निचर, एलईडी टेलिविजनसहित अन्य आवश्यक सर सामग्रीहरू पनि प्रदान गरिएको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल