सड़क दुर्घटनामा युवकको मृत्यु
सड़क दुर्घटनामा युवकको मृत्यु


सिलगढ़ी, 8 मार्च (हि.स.)। भक्ति नगर थाना अन्तर्गत बंगाल सफारी पार्क नजिक शनिवार अपरान्ह भएको सड़क दुर्घटनामा एकजना युवकको मृत्यु भयो। यो समाचार लेखुञ्जेलसम्म मृतक युवकको पहिचान हुन सकेको थिएन।

स्थानीय सूत्र अनुसार सिलगढ़ीबाट एउटा तेल ट्यांकर सेवक तर्फ गइरहेको थियो। यसै अवधि बंगाल सफारी पार्क नजिक सड़क पार गर्दा युवकलाई ट्यांकरले कुल्चियो जसले गर्दा युवकको घटनास्थलमै मृत्यु भयो। घटनाको सूचना भक्तिनगर थानाको पुलिसलाई दिइयो।

अर्कोतिर घटनापछि सड़क जामको स्थिति उत्पन्न भयो। पछि भक्तिनगर ट्राफिक पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो कब्जाा लियो। त्यसपछि सड़कमा यातायात सामान्य भयो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि पठाएर मृतकको पहिचान खोलाउन जुटेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande