एनएफ रेलवे एम्प्लोइज युनियनको 27औं द्विवार्षिक आम सभा सम्पन्न
एनएफ रेलवे एम्प्लोइज युनियनको 27औं द्विवार्षिक आम सभा सम्पन्न


सिलगढ़ी, 8 मार्च (हि.स.)। एनएफ रेलवे एम्प्लोइज युनियन सिलगढ़ी जंक्शन ब्राञ्चद्वारा 27औं द्विवार्षिक आम सभा शनिवार आयोजना गरियो। कार्यक्रमको आयोजन हिमाचल कलोनीस्थित एनएफ रेलवे एम्प्लोइज युनियन कार्यालयमा गरियो। यसको साथै अन्तरराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा संगीत तथा सांस्कृतिक कार्यक्रम सहित मेगा रक्तदान शिविर पनि आयोजना गरियो।

शिविरको माध्यमबाट संग्रहित रक्तलाई तराई ब्लड ब्यांकमा पठाइयो। आम सभामा पुरानो समितिलाई भंग गरी नयाँ समिति गठन गरियो। शाखा सचिव विकास कुमार सिंह र अध्यक्ष प्रदीप गजमेरले सिलगढ़ी जंक्शन शाखाद्वारा उक्त कार्यक्रमको नेतृत्व गरिएको थियो। कार्यक्रमको प्रारम्भमा एनएफआरईईयूको झण्डा उत्तोलन गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande