खरसाङ, 08 मार्च (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारीको सात नम्बर डिभिजनमा आज एक सांगठनिक सभा सम्पन्न भयो। उक्त सभा पञ्चायत समिति सदस्य कुसाङ लामाको अध्यक्षतामा सम्पन्न गरियो।
सभामा भागोप्रमो सिविटार बुथ कमिटीका प्रतिनिधिहरु साथै सिविटारका युवा शक्तिका प्रतिनिधिहरु उपस्थित थिए। सभालाई भागोप्रमो तीनधारे महानदी समष्टिका सभापति राजीव थापा, युवा शक्ति तीनधारे महानदी समष्टिका सभापति केवल राई, पञ्चायत समिति सदस्य कुसाङ लामा र अन्यहरूले सम्बोधन गरेका थिए।
सभामा वक्ताहरुले विकासको लागि युवाहरु एकबद्ध बन्नुपर्ने आह्वान् गरे। सभामा सिविटार क्षेत्रका युवाहरु पुनः भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका थिए। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै भागोप्रमो तीनधारे महानदी समष्टिको सभापति राजीव थापाले सिविटार बुथ कमिटीको प्रतिनिधिहरु र युवाहरुलाई लिएर आज सांगठनिक सभा सम्पन्न गरिएको बताए। उनले सभामा युवाहरूलाई एकबद्ध बन्न आह्वान गरिएको, साथै विकासका कार्यहरूको विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराए।
हिन्दुस्थान समाचार / हनोक