सोरेङ, 08 मार्च (हि.स.)। सोरेङ जिल्ला एथलेटिक्स एसोसिएशनले सन फार्मा र स्टार्स अफ् होपको सहयोगमा आज जिल्लास्तरीय एथलेटिक्स मीट डनबस्को स्कूलको खेल मैदानमा आयोजना गऱ्यो। यस अवसरमा विभिन्न प्रकारको प्रतियोगिता आयोजना गरिएको थियो जसमा, लङ जम्प, जेवलियन थ्रोलगायत अन्य गतिविधिहरू सामेल रहेको थियो।
यस एथलेटिक्स मीटमा सोरेङको विभिन्न विद्यालयका विद्यार्थीहरूले जोश अनि उत्साहका साथमा सहभागिता जनाएका थिए। प्रतिभागीहरूलाई १४, १६, १८ उमेर वर्गमा विभाजित गरिएको थियो। यसमा छनोट भएका सहभागीहरूले खेल गाउँ, रेशीथाङ, राङ्का गान्तोकमा हुने राज्य एथलेटिक्स प्रतियोगिता २०२५ मा सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्।
हिन्दुस्थान समाचार / बिशाल