64 टिस्टा बाढ पीडितहरूलाई हाउस बिल्डिङ ग्राण्ट प्रदान
64 टिस्टा बाढ पीडितहरूलाई हाउस बिल्डिङ ग्राण्ट प्रदान


टिस्टा, 08 मार्च (हि.स.)। 64 जना टिस्टा बाढ पीडितहरूलाई हाउस बिल्डिङ ग्राण्ट प्रदान गरिएको छ। टिस्टा ग्राम पञ्चायतको पहलमा आज कालेबुङ जिल्ला प्रशासनद्वारा सो अनुदान प्रदान गरिएको हो।

हालसम्म 434 जना टिस्टा बाढ पीडितहरूले हाउस बिल्डिङ ग्राण्ट प्राप्त गरिसकेको बताइएको छ भने टिस्टामा मात्र आजसम्म 305 जना बाढ पीडितहरूले उक्त सरकारी अनुदान प्राप्त गरिसकेको जानकारी गराइएको छ। जीटीए प्रमुख कार्यपाल अनित थापाको पहलमा र टिस्टा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा शाखाको प्रयासमा बाढ पीडितहरूले घर निर्माणको निम्ति अनुदान पाउन सकेको बताइएको छ। यस सहयोगका लागि टिस्टा बाढ पीडितहरूले जीटीए प्रमुख अनित थापाप्रति आभार व्यक्त गरेका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande